सशस्त्र प्रहरीमा सेवा अवधि बढाउन १२ करोडको ‘चलखेल’



काठमाडौं ।

हालै जम्मा २१ दिनका लागि नेतृत्व पाएका सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक पुष्पराम केसीले आफ्नो सेवा अवधि बढाउन ‘चलखेल’ शुरु गरेका छन् । स्रोतका अनुसार महानिरीक्षक केसी र उनका सहयोगीहरूले ठूलो धनराशि खर्च गरेर सेवा अवधि बढाउन चलखेल गरिरहेको बताइएको छ ।

यसका लागि गृह मन्त्रालयका केही अधिकारी र गृह मन्त्री बालकृष्ण खाँणका पारिवारिक सदस्यसहित बिचौलियाहरूले चलखेल गरिरहेको स्रोतले जनायो । सशस्त्र प्रहरीको नियमावली २०७२ सच्याएर सेवा अवधि बढाउन महानिरीक्षक केसी र उनको समूहले झन्डै १२ करोड रुपैयाँ लगानी गर्न थालेको बताइएको छ । यसमा गृह मन्त्रालय सहमत रहेको तथा फाइल अर्थमा बढाउने तयारी भइरहेको स्रोतको दाबी छ ।

सशस्त्र प्रहरी बल, नेपालको नियमावली २०७२ को नियम ६५ को उपनियम १ (क) मा सच्याउन चलखेल भइरहेको हो। यो नियममा सशस्त्र सेवा अवधि ३० वर्ष पुरा भएमा अनिवार्य अवकाशमा जाने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्