इन्द्रचोक पुनर्निर्माणमा विवेकशीलको पहल



काठमाडौं ।

राजधानीको अत्यन्त व्यस्त व्यापारिक केन्द्र इन्द्रचोकमा विगत ६ वर्षदेखि स्थानीय नागरिकले पुनर्निर्माणका लागि आवाज उठाएकोमा बुधबारदेखि भने सडक मर्मतको काम शुरू भएको छ ।

‘मैले प्रदेश सांसदका नाताले इन्द्रचोकको पुनर्निर्माणका लागि संसद्मा बारम्बार आवाज उठाउँदै आएको थिएँ, पहिला २५ लाख बजेट राखिएको थियो, मैले यो रकम हात्तीको मुखमा जिरा हुन्छ भनेर दबाब दिएँ, अहिले ७२ लाख बनाइएको छ’, विवेकशी पार्टीबाट वागमती प्रदेशका सांसद विराजभक्त श्रेष्ठले भन्नुभयो – ‘७२ लाखले पनि पुग्ने होइन, तर स्थानीय जनताको सहभागिता र श्रमदानका कारण पुनर्निर्माण सम्भव हुँदैछ ।’

सांसद श्रेष्ठ भन्नुहुन्छ – ‘युवाको सक्रियताबाट कसरी काम हुन्छ भन्ने उदाहरण पनि इन्द्रचोक पुनर्निर्माण भएको छ, इन्द्रचोक पुनर्निर्माण समितिमा युवा केयुराम सिंहले अध्यक्षका रूपमा सफल नेतृत्व गरेकै कारण यो कार्य सम्भव भएको हो ।’ ६ तिरबाट आउने बाटोको संगम र व्यापारिक केन्द्र भएका कारण यस ठाउँको पुनर्निर्माणमा स्थानीय जनताको सहभागिता अति नै महत्वपूर्ण भएको अध्यक्ष सिंह उल्लेख गर्नुहुन्छ । पुनर्निर्माणको अनुगमनमा इन्द्रचोक पुगेका सांसद श्रेष्ठ यस क्षेत्रको पहिचान कायम रहनेगरी पुनर्निर्माण अघिबढ्नुपर्ने पक्षमा केन्द्रित रहेको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्