ताप्लेजुङमा पुरानै जनप्रतिनिधि दोहोरिँदै



ताप्लेजुङ ।

वैशाख ३० गते हुन गइरेको स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टीले पुरानै जनप्रतिनिधि दोहोरिन्ने भएको छ । पहिलो कार्यकालबाट प्राप्त गरेको अनुभव र ज्ञानलाई दोस्रो कार्याकालमा प्रयोग गर्नका लागि एक कार्यकाल दोहोर्याने भएको हो ।

एक नगरपालिकासहित नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकाको मेयर छत्रपति प्याकुरेल पुनः दोहोरिने भएका छन् । त्यस्तै, फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज लिम्बु, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बो पुनः दोहोरिन लागेका छन् । उपाअध्यक्षमा पाथीभरा याङ्वरक गाउँपालिका रनमाया गुरुङ मैवाखोला गाउँपालिका उपाध्यक्ष कौशिला थुक्लुङ पनि दोहोरिने भएका छन् ।

त्यस्तै, सिरिजंघा गाउँपालिका–३ का वडाध्यक्ष सन्तोष चाम्लिङ गाउँपालका अध्यक्षको उम्मेदर बने भएका छन् । फुङ्लिङ नगरपालिका–५ का वडाध्यक्ष भीमादेवी ओझा पनि उपमेयरको उम्मेरदवार बनेकी छन् ।

एता, आठराई त्रिवेणी गाउँपालिका नयाँ अनुहार देखिएको छ । अध्यक्षमा देपेन पुमु र उपाध्यक्षमा शान्ता आङबुहाङ उम्मेदवार बनेका छन् । आङबुहाङ नेपाल पत्रकार महासंघको केन्दीय सदस्यसमेत हुनुहुन्छ । मिक्वाखोला गाउँपालिकाको अध्यक्षमा दिवस लिवाङ र उपाध्यक्षमा मीना केदेम उम्मेदवार बनेका छन् । केदेम २०७४ को स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदमा १ सय ७ मतले पराजित हुनुभएको थियो । सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा मानबहादुर राई र उपाध्यक्षमा भूमिका गौतम उम्मेदवार बनेको नेकपा एमाले ताप्लेजुङले जनाएको छ ।

मैवाखोला गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा भने सहमति जुट्न बाँकी रहेको छ । नौ स्थानीय तहको अध्यक्ष र उपाध्यक्षमा एमाले पार्टीले सिफारिस गरेसँगै चुनावी मैदानमा होमिएको नेकपा एमाले प्रचार विभाग प्रमुख दिपेन पोमुले बताउनुभयो । ताप्लेजुङमा पाँच दलिय गठबन्धनले भने अझै भागवण्डा मिलाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्