बीबीसी मास्टर सेफ टोलीको नेपाल भ्रमण सम्पन्न



काठमाडौं ।

बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेफको टोलीले नेपालको मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरेका छन् ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटन क्षेत्रको पुनरुत्थान अभियान अन्तर्गत ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनलिस्टलाई नेपालको मौलिक संस्कृति र खानामार्फत् गन्तव्यको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरेको थियो ।पाटा नेपालद्वारा आयोजना गरिएको ‘मास्टसेफ फाइनलिस्ट टुर टु नेपाल’नामक कार्यक्रमलाई मुख्य प्रवद्र्धकको रूपमा नेपाल पर्यटन बोर्ड, अफिसियल एयरलाइन्स पार्टनरको रूपमा श्रीलंकन एयरलाइन्स, बैंकिङ पार्टनरको रूपमा नबिल बैंक र हेल्थ पार्टनरको रूपमा सिवेक हस्पिटलले सहयोग गरेका थिए ।

त्यसै गरी, बुद्ध एयर, समिट एयर, नाथम, केजिएच ग्रुप अफ होटेन्स्, सिद्धार्थ ग्रुप अफ होटल, जंगल सफारी रिसोर्ट, कम्युनिटी होमस्टे, गेट कलेज, ग्यालेक्सी टेलिभिजन, रामदेव आयल र हाइग्राउन्ड एडभेन्चर समेतले कार्यक्रममा सहयोग तथा सहकार्य गरेका थिए ।मास्टर सेफहरूको नेपाल भ्रमण तथा गतिविधिहरूबाट विश्व स्रोत बजारमा नेपालको मौलिक खाना र संस्कृतिसमेत गन्तव्यको अभिन्न आकर्षण रहेको, महामारीपश्चात् नेपाली पर्यटन क्षेत्र पूर्ण रूपमा खुला रहेको र जीवन्त अनुभवका लागि नेपाल एक अद्वितीय गन्तव्य रहेको सकारात्मक सन्देश प्रवाह हुुनुुका साथै मास्टर सेफहरूको सामाजिक सञ्जाल तथा नेटवर्कमा आवद्ध समुुदाय माझ नेपाल गन्तव्यको प्रवद्र्धनमा समेत महत्वपूर्ण टेवा पुगेको छ ।

सेफ सन्तोष शाहले नेपाली खानालाई विश्व मञ्चमा पु¥याउन नेपाली प्रचलनमा रहेका शब्दहरूको प्रयोग गर्दै आएका सन्दर्भमा कुनै पनि सभा समारोहमा उत्सवको रूपमा खानपिन शुरू गर्दा उच्चारण हुने अंग्रेजी शब्द ‘चियर्स’को साटो नेवारी संस्कृति सगुनको रूपमा प्रदान गरिने ‘आयला’शब्द प्रयोग गर्दा आफ्नै मौलिकता झल्कने, पर्यटकलाई पनि रोचक हुने र गन्तव्यको सकारात्मक प्रवर्धन हुने बताउँदै ‘आयला’ सम्बन्धित सन्देशमूलक प्रचारात्मक भिडियोसमेत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्