गतवर्ष घरेलु फुटबल निकै भए



काठमाडौं  । 

गतवर्ष नेपाली फुटबल धेरै व्यस्तभएको थियो । राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलमा नेपाली टिमको प्रदर्शन ठिकठाक मात्रै भयो भने मोफसलमाथुप्रै प्रतियोगिताआयोजनागरियो ।

नेपाली टिमले अन्तर्राष्ट्रिय मैत्री खेल खेले, जसमाजितभने हातपार्न सकेन । यस्तै,विश्वकप छनोट पनि खेल्यो यसमापनि एक खेलमाचाइनिजताइपेईलाई हरायो । तर, अन्य खेलमाभने नेपाल पराजितभएको थियो । यस्तै, मैत्री खेलमा इराक, ओमान, भारत, फिलिपिन्ससँगको खेलमापनि नेपाल पराजित नै भएको थियो । यहाँनेर गतवर्ष नेपालमै भएकामोफसलप्रतियोगितार फुटबल गतिविधि प्रस्तुतगरिएको छ ।

वैशाख
—मोरङको पथरी नगरपालिकाले आयोजना गरेको प्रथम सुन्दर हरैचानगरपालिका मेयर कपमाआयोजककै टिमलाई १–० ले हराएर उपाधिजितेको । विजेता टिमले ३ लाखप्राप्तग-यो ।
— संकटा क्लबले विश्वकर्मा सिमेन्ट ११औं जितपुर सिमरा गोल्डकपको उपाधिजितेको थियो । फाइनलमाअफ्रिकन रुट्स एसोसिएसनक्यामरुनलाई हराएर उपाधिजितेको संकटाले ७लाखनगदहातपा¥यो । अफ्रिकन टिमले ३ लाख ५० हजार हासिलग¥यो ।
–कनकाई भेट्रान्स क्लबले हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० ले हराएर झापाको सुरुङ्गामा सम्पन्नकन्काई भेट्रान्स कपजितेको थियो। आयोजक टिम कन्काईले १ लाख १ हजार र हाम्रो इटहरीले ६१ हजार नगदप्राप्त गरे ।
–आयोजकमदन भण्डारी स्पोर्टस् एकेडेमीकालिकानगरपालिकाले प्रथमकालिकागोल्डकप उपाधिजितेको थियो। रड्स क्लब रामपुर फाइनलमा १–० ले हारेपछि मदन भण्डारी स्पोर्टस्ले १ लाख ११ हजार १ सय ११ रुपियाँ प्राप्तग¥यो भने रामपुरले ५५ हजार ५ सय प्राप्तग¥यो ।
—रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्टस् क्लबले चौथो अन्तर्राष्ट्रिय मेयर भोजपुर गोल्डकपको उपाधिजितेको थियो। फाइनलमाअफ्रिकन रुट्स एसोसियसनक्यामरुनलाई १–० ले हराएर उपाधिजितेको गोर्खा ब्वाइजले ५ लाख र अफ्रिकन टिमले ३ लाख रुपियाँँ हासिल गरे ।
जेठ
—काठमाडौं रेजर्सले पहिलो फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिगको उपाधिजित्यो । धनगढीलाई १–० ले हराएर काठमाडौं विजेताबनेको हो । काठमाडौंले ३५ लाख र धनगढीले १५ लाखनगदहातपारे ।
–न्युरोड टिम (एनआरटी) ले छत्रपाटी निःशुल्कचिकित्सालयलाई ५ लाखनगद सहयोग ग¥योे ।

साउन

–ललितपुर महानगरपालिका वडा नं. १६ ले मंगलबजारस्थित थ्रीस्टार क्लबलाई भवननिर्माणको लागि २५ लाखनगददिने निर्णय ग¥यो । किस्ताबन्दीमादिने उक्त रकममध्ये ९ लाखक्लबलाई हस्तान्तरण गरियो ।
असोज
–प्यारजुङ युथक्लबप्यारजुङको ए टिमले प्रथमऐतिहासिक मेयरकप राइनास नगरपालिका स्तरीय सेभेन ए साइड पुरुष फुटबल प्रतियोगिताको उपाधिजित्यो । आयोजक रुद्रदेवीयुथक्लब टाइब्रेकरमा पराजितभएको । प्यारजुङले ७५ हजार र रुद्रदेवीले ५० हजार हासिल गरे ।

कातिक

विभागिय नेपालएपीएफक्लबलाई ३–१ ले पराजित गरेर हिमालयन शेर्पा क्लबले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधिजित्यो । हिमालयन शेर्पाले ५ लाख र एपीएफले २ लाख ५० हजार नगदप्राप्त गरे ।
–झापा भेट्रान्सले फुटबलर्स मिसन टुगेदरको आयोजनामाभएको मेयर कप भेट्रान्स कपको उपाधिजित्यो । फाइनलमा खुमलटार भेट्रान्सलाई २–१ ले हराएर उपाधिजितेको झापा भेट्रान्सले ५ लाखनगदप्राप्तग¥यो ।
–धनगढीउपमहानगरपालिका कैलालीउपमेयर कप राष्ट्रिय महिलालिग छनोटमा विजेताबन्यो। धनगढीले ५ लाख र उपविजेताबनेको ललितपुर उपमहानगरपालिकाले ३ लाखप्राप्त गरे ।

पुस

–सरकारले साफच्याम्पियनसिपमाउपविजेताबनेको नेपाली टिमका सदस्यलाई नगदसहित सम्मानग¥यो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमनिवास बालुवाटारमा टिमका २३ खेलाडीलाई जनही ५ लाख र ३ प्रशिक्षकलाई ३ लाखवितरण गर्नुभएको थियो ।
–बुद्ध युथक्लबभोटेवडारले लमजुङमा सम्पन्नजिल्लाकै सर्वाधिकधनराशिको २९ औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटबलको उपाधिजित्यो । साविकविजेताश्री भगवतीयुथक्लब टोखा२–० ले पराजितभएको छ । बुद्ध युथले ५ लाख र भगवती युद्धले ३ लाखनगदप्राप्त गरे ।

माघ

–भक्तपुर युनाइटेड एफसीभक्तपुर जिल्लालिग फुटबलमा विजेता टिम बन्यो । भक्तपुरले भक्तपुर युुनाइटेड लोकन्थलीलाई २–१ ले हरएको । विजेताले ५० हजार र उपविजेताले२५ हजार नगदप्राप्त गरे ।
–विभागिय टिम नेपालएपीएफएफसी २० औं संस्करणको आहा रारा गोल्डकपमा पहिलो पटक विजेताबन्न सफलभएको । टाइब्रेकरमामनाङ मस्र्याङदीक्लबलाई हराएको एपीएफले १० लाख १ हजार र मनाङ मस्र्याङदीले ५ लाख १ हजार नगदप्राप्त गरे ।

फागुन

–जनबहालको मच्छिन्द्र क्लब‘ए’ डिभिजन लिगविजेताबनेको । टिमले ७५ लाखनगदहासिल गरेको थियो । यो टिमको ‘ए’ डिभिजनमा लगातार दोस्रो लिगउपाधिपनिहो । ‘ए’ डिभिजन लिगबाट गत सिजनबाटच्यासलयुथक्लब र ब्रिगेड ब्वाइजक्लब‘बी’ डिभिजनमा घटुवा भए ।
–मनाङ मस्र्याङदीक्लबले दोस्रो मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधिजितेको । फाइनलमाफ्रेन्डस् क्लबलाई ३–१ ले हराएर मनाङले उपाधिहातपारेको । मनाङले २१ लाख र फ्रेन्डसले १० लाखनगदहासिल गरे ।
–त्रिभुवनआर्मी एफसीचौथोपटक झापागोल्डकपमा विजेताबनेको । फाइनलमाविभागीय टिमले आयोजकको टिम झापा ११ एफसीलाई २–१ ले हराएको । पाँचौं संस्करणको झापागोल्डकप विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार नगदप्राप्त गरे ।
–इलामको माई नगरपालिकास्थितमहमाईमा सम्पन्न दोस्रो पुरुषतथामहिलागोल्डकपको उपाधि पुरुषतर्फ लायन्स क्लबझापाशनिश्चरे र महिलातर्फ माङ्सेबुङ्ग स्पोर्टिङले हातपारे ।
पुरुषतर्फ लायन्स क्लबले एभरग्रिनएफसी ईलामलाई २–० तथामहिलातर्फ माङ्सेबुंगले जुनतााएफसीखुदनाबारी झापालाई हराएको थियो । लायन्स क्लबले ५१ हजार रउपविजेताएभरग्रिनले २० हजार रुपैयाँ प्राप्त गरे । यस्तै,महिलातर्फ माङ्गसेबुङ्गले २० हजार रउपबिजेताजुनताराले १० हजार रुपैयाँहातपारे ।

चैत

–नेपाल खेलकुदक्लब रौतहटले निजगढ मेयर गोल्डकप फुटबलको उपाधिजितेको थियो । फाइनलमानवजनजागृतियुवाक्लबसिमरा बारालाई ३–१ ले हरायो । रौतहटले १ लाख ५० हजार र नवजनजागृतिले ७५ हजार नगदप्राप्त गरे ।

–मनाङ मस्र्याङदीक्लबले दमकगोल्डकप फुटबलको उपाधिजितेकोथियो । फाइनलमा नेपालपुलिस क्लबलाई २–० ले हराएर मनाङले गतवर्ष दोस्रो उपाधिजित्न सफल। मनाङले १३ लाख ११ हजार र पुलिसले ६ लाख ११ हजार नगदप्राप्त गरे ।
–न्युरोड टिम (एनआरटी) ले जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकप फुटबलको उपाधिजितेको थियो । सिमरा रंगशालामाभएको फाइनलमा नेपालएपीएफक्लब ५–० ले पराजितभएको हो । एनआरटीले १० लाख र एपीएफले ५ लाखनगदप्राप्त गरे ।
–राष्ट्रिय फुटबल टिमका पूर्व कप्तानअनिल गुरुङ बक्स अफिस खेलकुद सम्मानबाट सम्मानितभए । बक्स अफिस इन्टरनेसनल ग्रुपले ब्लकबस्टर नेपालीफिल्म अवार्डमा खेलकुदबाट अनिललाई सम्मान गरेको हो ।
–चर्च ब्वाइज युनाइटेड बी डिभिजन लिगविजेताबन्दै ए डिभिजनमा बढुवा भएकोथियो । साथै, दोस्रो स्थानमा रहेको खुमलटार युवाक्लबपनि‘ए’ डिभिजनमा बढुवा भएको ।सामाजिकयुथक्लब र झम्सिखेल युथक्लब‘सी’ डिभिजनमा झरे ।

प्रतिक्रिया दिनुहोस्