सिमकोटका किसान आलु खेतीतर्फ



काठमाडौं  ।पछिल्लो समय हुम्ला सदरमुकाम सिमकोटका किसान परम्परागत बाली छाडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर, चिसो र कोदोभन्दा आलु खेतीमा जोड दिइएको छ । उत्पादन बजारमा सहजै बिक्री हुन थालेपछि किसान आलु खेतीतर्फ आकर्षित भएका हुन् ।

जति फलाए पनि बिक्रीको चिन्ता नभएको यहाँका किसान बताउँछन् । सिमकोट– ५ तल्लो गाउँ र वडा नं ६ माथिल्लो गाउँका किसानले आलु खेती मात्रै गर्ने गरेका स्थानीय मुक्ति रावतले बताउनुभयो ।

यहाँ बर्खामा मात्र आलु खेती गर्ने चलन छ । यहाँका अधिकांश किसानले आलु उत्पादन गरेर घरखर्च चलाउँदै आएका छन् । सिमकोटमा आलु प्रतिकिलो सिजनमा ८० देखि १०० रुपियाँसम्ममा तथा अरू समयमा १०० देखि १५० सम्ममा बिक्री हुने गरेको छ । सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रका किसानलाई अहिले आलु रोप्न चटारो छ । खेत खनजोतका साथै आलु उत्पादनका लागि ब्याड बनाउने काममा उनीहरू व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्