रोकाका ८ नयाँ सोरुम सञ्चालन



काठमाडौं ।

विश्वको अग्रणी सेनेटरीवेयर स्पेस र प्रिमियम बाथरूम समाधानमा अग्रगामी कम्पनी रोकाबाथरूम प्रोडक्ट्स प्रालिले निरन्तर बढ्दो ब्रान्ड इकोसिस्टमको फाइदा उठाउन नेपालमा ८ वटा नयाँ सोरुमको उद्घाटन गरेको छ ।

कम्पनीले नेपालका प्रमुख शहर काठमाडौं, पोखरा, बुटवल र भैरहवामा आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन नयाँ सोरुमको विस्तार गरेको हो ।कम्पनीका प्रबन्ध निर्देशक केई रंगनाथनको नेपाल भ्रमणको अवसरमा रोकाबाथरूम प्रोडक्ट्स प्रालिले ८ वटा नयाँ सोरुम, ५ वटा ब्रान्ड प्यारीवेयर र ३ वटा ब्रान्ड रोकाको उद्घाटन गरेको हो । ब्रान्ड प्यारीवेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २०प्रतिशतको बजार हिस्सा पाएको छ ।

विश्वको नम्बर १ बाथरूम निर्माता र युरोपेली ब्रान्ड रोका संसारका १८० भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । रोकासँग नेपालमा प्रिमियम बजार हिस्सा छ र यसको नेपालमा व्यापार उच्च वृद्धिको चरणमा रहेको छ ।कम्पनीका लक्जरी ब्रान्ड अरमानी रोका र लाउफेन बलियो रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा रहेको छ । यी नयाँ सोरुमको सुरुआतसँगै, ब्रान्डले नेपालमा बलियो उपस्थिति जनाउँदै आम जनताको विश्वास जित्ने लक्ष्य राखेको छ ।

सोरुमको शुभारम्भको अवसरमा बोल्दै रोकाबाथरूम प्रोडक्ट्स प्रालिका प्रबन्ध निर्देशक केई रंगनाथनले भन्नुभयो– ‘हामी हाम्रो पहुँच विस्तार गर्न र हाम्रो ब्रान्डको सफलतामा योगदान पु¥याउने नेपाली बजारमा बलियो उपस्थिति राख्न पाउँदा खुसी छौं ।’रोकाविश्वको सबैभन्दा ठूलो बाथरुम उत्पादन गर्ने कम्पनी भएकोले ग्राहकका लागि हाम्रो उत्पादनले सन्तुष्ट दिने उहाँले दाबी गर्नुभयो । ग्राहकलाई अनौठो किनमेल अनुभव प्रदान गर्न प्यारीवेयरसँग नेपालभर १ सयभन्दा बढी आउटलेट रहेका छन् ।

विश्व नम्बर १ रोका ब्रान्डका नेपालमा १५ भन्दा बढी हाइ एन्ड सोरुम छन् जसले उच्च स्तरका ग्राहक र आर्किटेक्टलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्दछ । हाल, रोका प्यारिवेयरले नेपालभर १८ होटल ल्यान्डमार्क परियोजनामा सक्रिय रूपमा काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्