इन्फिनिक्स स्मार्टफोन बजारमा



काठमाडौं ।

नेपालका लागि इन्फिनिक्स स्मार्टफोन ब्रान्डको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी सारथी इन्टरप्राइजेजले नेपाली बजारमा नयाँ बजेट स्मार्ट फोन लन्च गरेको छ ।

चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड इन्फिनिक्सले नेपाली बजारमा स्मार्ट ६ मोडल लन्च गरेको छ । कम्पनीले नेपाली उपभोक्ताको रुची र मागलाई ध्यानमा राखेर बजेट श्रेणीमा आकर्षक फिचर भएको नयाँ स्मार्ट फोन ल्याएको हो ।

यो स्मार्ट फोनमा ६ दशमलव ६ इन्चको एचडी प्लस आईपीएस डिस्प्ले राखेको छ । जसमा ५ सय निट्सको ब्राइटनेस रहेको छ । विशेषगरी लामो समयसम्म अनलाइन कक्षा वा गेम खेल्न चाहनेका लागि ध्यानमा राखेर इन्फिनिक्सले स्मार्ट ६ फोनमा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री प्याक दिएको छ ।

कम्पनीले स्मार्ट ६ मोडलमा ८ मेगापिक्सेलको ड्यूल रियर क्यामरा सेटअपका साथमा फिंगरप्रिन्ट तथा फेस अनलकको सुविधा दिएको छ । त्यसै गरी सेल्फीका लागि ५ मेगा पिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा भिडियो कलका लागि फ्रन्ट फ्ल्यासलाइटसमेत रहेको छ ।
एन्ड्रोयड ११ मा आधारित एक्सओएस ७–६मा सञ्चालन हुने यो स्मार्टफोनमा मिडियाटेक अक्टाकोर १ दशमलव ६ गिगाहर्ज एमटीके हेलियो ए२२ चिपसेट राखिएको छ ।

यसबाहेक कनेक्टिभिटीको लागि फोनमा फोरजी, वाइफाइ, जीपीएस, ब्लुटुथ ५ भर्सन, यूएसबी र ३ दशमलव ५ एमएमको हेडफोन ज्याक राखिएको छ ।नेपाली बजारमा इन्फिनिक्स स्मार्ट ६२ जीबी ¥याम र ३२ जीबी स्टोरेज अप्सनका साथमा उपलब्ध हुने छ भने यसको बजार मूल्य १२ हजार ४ सय ९० तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्