यस्ताे नहोस् नवं बर्ष २०७९



भावीको भाग्य रेखा फेर्दै
फरक नहोस् नवं बर्ष !!

सत्य लुकाई झुट बोल्दै
चटक नहोस् नवं बर्ष !!

बीच बाटोमै गन्तव्य फेर्दै
सडक नहोस् नवं बर्ष !!

पुण्य छोडेर पाप रोज्दै,
नरकु नहोस् नवं बर्ष !!

शान्त र अशान्त बीच,
परक नहोस् नवं बर्ष !!

प्रतिक्रिया दिनुहोस्