उपाधि र विजेता



ताप्लेजुङका भरतमणि पौडेल लोकप्रिय टेलिभिजन कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन २ को उपाधि विजेता भए। असोज २ गते भएको ग्रान्ड फिनालेमा उनले सबैभन्दा बढी भोट पाएर विजेता भई कार र २५ लाख रुपियाँ प्राप्त गरे।

एपी वन टेलिभिजनबाट प्रसारण हूँदै आएको गायन टेलिभिजन रियालिटी शोमा भैरहवाका भूपेन्द्र थापा मगरले नेपाल आइडल सिजन ४ को उपाधि चुमे।

चैत्र पहिलो साता सम्पन्न अन्तिम प्रतिस्पर्धामा दर्शकको भोटको आधारमा चार सह-प्रतिस्पर्धीलाई पछाडि पारेर उपाधि चुम्दै उनले ३० लाख रुपियाँ नगद प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्