धेरै निराशा र थोरै आशाको वर्ष



वर्ष २०७८ कला फिल्म क्षेत्रका लागि धेरै निराशाजनक र थोरै आशाको वर्ष सावित भएको छ । २०७६ सालमा विश्वभर कोरोना भाईरस महामारी पैmलिन पुगेकाले नेपालमा यो संक्रमण नदेखिँदै जोखिमलाई मध्यनजरमा राखेर भिडभाड रोक्न त्यही वर्षको फागुन महिनामै सिनेमा हलहरू बन्द गराइयो। कोरोना संक्रमणले नेपाललाई समेत त्राहिमाम बनाएका कारण लामो समयसम्म फिल्म र कलाका सबैजसो गतिविधि बन्द हुन पुगे भने संक्रमण घटेसँगै बीच–बीचमा हल खुल्ला गरिए पनि धेरैजसो समय बन्द रहँदा यससँग सम्बन्धित सम्पूर्ण गतिविधि प्रभावित बन्न पुग्यो।

यस क्रममा २०७७ सालमा एकाधबाहेक फिल्म रिलिज हुन सकेनन् । बरु म्युजिक भिडियो चम्किन पुगे। फिल्मका चलेका कलाकारहरूले म्युजिक भिडियो खेलेरै चित्त बुझाउनुपर्यो भने धेरैजसो कलाकार र प्राविधिक मारमा परे। कोरोना जोखिमका कारण ०७६ सालदेखि यो वर्षसम्म पटक–पटक निषेधाज्ञा जारी भयो।

कोरोना महामारीमा वृद्धि भएपछि काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा यस वर्षको वैशाख १६ बाट तेस्रो चरणको लकडाउन भयो। महारमारीका कारण यस वर्ष पनि फिल्म खासै प्रदर्शन हुन सकेनन्। वर्षको अन्तिम तिर आएर संक्रमण दर घटेसँगै कलाका विभिन्न गतिविधिका साथ फिल्म क्षेत्र केही चलायमान हुन थाल्यो। कोरोनाका कारण केहि वर्षदेखि थन्किएकामध्ये केही फिल्म प्रदर्शन भए भने केहि फिल्मले प्रदर्शन मिति तय गरे।

भाद्र १७ गतेदेखि हल खुलेयता गत शुक्रबार रिलिजमा आएको मैले आई लभ यु भन्नै सकिनसम्म गरी जम्माजम्मी १६ फिल्म मात्र रिलिज भएका छन्। त्यसमध्ये अत्यन्त न्यून फिल्मले मात्र व्यावसायिक सफलता हासिल गरे। भोलि बिहीबार नेपालभर रिलिज हुने ए मेरो हजुर ४ देखि भने नयाँ वर्ष २०७९ सालमा प्रदर्शन हुने फिल्म दर्जनौं छन्।

कोरोना प्रभावित आर्तलाई कलाकर्मीको मल्हम

वैशाखबाट शुरु भएको तेस्रो चरणको लकडाउन र यसबाट सिर्जित अवस्थालाई सरलीकरण गर्न थुप्रै कलाकर्मीले सहयोगको हात अघि बढाए। उनीहरूले कोरोना र यसबाट सिर्जित अवस्थाका पीडित आर्तहरूको घाउमा सहयोगरूपी मल्हम लगाइदिएका थिए। नायक पल शाह लामो समयसम्म कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराउने अभियानमा सक्रिय भए। अक्सिजन अभावमा कोरोना संक्रमितको ज्यान गइरहेको बेला पलले कतिपय ठाउँमा एक्लै र धेरै ठाउँमा हाम्रो टिम नोपलसँगको सहकार्यमा संक्रमितलाई अक्सिजनको व्यवस्था गरिदिए।

अघिल्लो लकडाउनमा फिल्म र म्युजिक भिडियो क्षेत्रका प्राविधिकलाई राहत उपलब्ध गराएर सबैको मन जितेका शाहले पछिल्लो लकडाउनमा राजधानीसँगै जिल्ला जिल्ला पूगेर कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराई उनीहरूको घाउमा मल्हम लगाएका थिए। अर्का अभिनेता तथा राजनीतिज्ञ राज घिमिरेले पनि अक्सिजनको अभावमा ज्यान जोखिम परेकाहरूलाई निःशुल्करूपमा बिरामीका मानिसलाई  पायक पर्ने स्थानसम्म आफैँ अक्सिजन पुर्‍याएर सहयोग गरे।

अभिनेता तथा गायक क्याप्टेन विजय लामा, अभिनेता निखिल उप्रेती, हास्य अभिनेता केदार घिमिरेलगायतले नेपाल प्रहरीका पूर्वमहानिरिक्षक सर्वेन्द्र खनाल, अधिवत्ता सञ्जयराज अधिकारीलगायतसँगको सहकार्यमा कोरोना संक्रमित भई यातायातको अभावमा अस्पताल जाने समस्यासँग जूधिरहेकाहरूलाई सघाउन ओम समाज डेन्टलको सहयोगमा निःशूल्करूपमा एम्बुलेन्स सेवा उपलब्ध गराए।

फिल्म निर्माता ताराचन्द्र बजगाईं ‘निशान’ ले पूर्वी मकवानपुरको बकैयाँ गाउँपालिकास्थित हात्तिसुडेमा अवस्थित सामुदायिका स्वास्थ्य इकाइमा अक्सिजन र स्वास्थयकर्मीसहित निजी खर्चमा १० शैय्याको आइसोलेसन वार्ड स्थापना गरेर सहयोग पुर्याए। नायक तथा मोडल पुष्प खड्काले सुदूर पश्चिमका विभिन्न जिल्लामा कोरोना संक्रमित भएर उपचार गराइरहेका मानिसका लागि ५० सिलिन्डर अक्सिजन सहयोग गरे।

नायिका अनु शाह लकडाउनकाकारण भोकै पररे बाटोमा भौंतारीरहेका कुकुरलाई खाना खुवाइरहेको अवस्थामा देखिइन्। अभिनेताद्वय दिलीप रायमाझी र रमित ढुंगानाले शनिश्चरेसमा रहेको भुटानी शरणार्र्थी शिविर माइन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको अग्रसरतामा कोरोनाकाकारण प्रभावित बन्न पुगेकालाई राहत वितरण गरे।

सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक रामकृष्ण ढकालले कोरोना संक्रमित नेपालीका लागि १८ लाख रुपियाँ संकलन गरेर सहयोग गरे। निर्मा ता निदर्शे क मिलन चाम्सले रामेछाप र दोलखाका विभिन्न गाउँका करिब एक सय घर परिवारलाई दाल चामल, तेल चिनीजस्ता दैनिक उपभोग्य खाद्य सामग्री सहयोग गरे। निर्देशक तथा हास्य कलाकार दीपाश्री निरौला, निर्मल शर्मा, जितु नेपाललगायत कलाकारले कोरोना र निषेधाज्ञाका कारण समस्यामा परेका नृत्य कलाकारलाई विभिन्न संघ संस्थाको सहकार्यमा खाद्यान्नलगायत दैनिक जीवनमा आवश्यक पर्ने साम्रग्री सहयोग गरे।

नेपाल चलचित्र नृत्य संघले निषेधाज्ञाका कारण समस्यामा परेका कोरस डान्सर तथा कलाकारहरूलाई अमेरिका जापान र स्कटल्यान्डका नृत्यप्रेमीले पठाएको सहयोग उपलब्ध गरायो। अभिनेता तथा निर्देशक कृष्ण मल्लले आफू अध्यक्ष रहेको नेपाल फिल्म सोसाइटीमार्फत विभिन्न परिवार र व्यक्तिलाई दाल, चामल नुन तेलजस्ता दैनिक उपभोग्य वस्तुका साथै विपन्न बिरामीलाई रकमसमेत सहयोग गरे।

चर्चित हिपहप गायक तथा र्यापर द एनएसके अर्थात् निर्णय श्रेष्ठले कोभिडका कारण समस्यामा परेका काठमाडौंलगायत अन्य जिल्लाका व्यक्तिलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरे। बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले आप्mनो संयोजकत्व तथा आह्वानमा विभिन्न संस्था तथा व्यक्तिसँगको सहयोगबाट ४१ लाख रुपियाँ बराबरको ३३ थान अक्सिजन कन्सट्रेटर सहयोग गरिन्।

मेलम्चीलाई पनि सहयोग
असार १ गते सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा आएको बाढी पहिरोका कारण घरबारविहीन भएर बिचल्लीमा परेका मेलम्ची बजारका स्थानीयबासीलाई कलाकर्मीले सहयोग गरे।

फिल्म, निर्माता तथा निर्देशक मिलन चाम्स, अभिनेत्री आँचल शर्मा र उनका पति उदीप श्रेष्ठ, अभिनेत्री तथा निर्मात्री श्वेता खड्का, पूजा शर्मालगायत बाढीपीडितका लागि दैनिक खाद्य सामग्रीका साथ सहयोग मेलम्ची पुगेका थिए।

कलाकर्मीहरूको अर्को समूहले सिन्धु सहयोग कोष खडा गरी त्यसमार्फत मेलम्चीका बाढीपीडितका लागि बस्ती निर्माण गर्न संकलित रकमबाट एकीकृत बस्ती निर्माण समितिलाई गत चैत दोस्रो हप्ता नौ लाख नौ हजार एक सय ३८ रुपियाँ हस्तान्तरण गरे।

कोषका संयोजक अभिनेता कृष्ण मल्लले सो समितिका अध्यक्ष कृष्ण थापालाई उक्त रकम हस्तान्तरण गरेका हुन्। त्यस्तै अभिनेत्रीत्रय भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुषालद्वारा सञ्चालित भुवन चैत्य वसुन्धरा फाउन्डेसनले हरेक वर्ष आयोजना गर्दै आएको विभिन्न पुरस्कारको रकमबाट एक लाख दुई हजार सो कोष र ५१ हजार रुपियाँ चलचित्र विकास बोर्डअन्तर्गत गठन भएको चलचित्रकर्मी विपद व्यवस्थापन कोषलाई प्रदान गर्यो।

अभिनेत्री भूषालले अमेरिकाबाट संकलित तीन लाख २९ हजार रुपियाँ पनि आफू संयोजक रहेको चलचित्र विकास बोर्डअन्र्तगतको चलचित्रकर्मी कल्याण्कारी कोषका अध्यक्ष दयाराम दाहाललाई हस्तानतरण गरेकी थिईन्।

प्रतिक्रिया दिनुहोस्