वागमती पायाे एक वर्षमा तीन मुख्यमन्त्री



२०७८ लाई फर्केर हेर्दा वागमती प्रदेशमा ४५ महिनामा तीन मुख्यमन्त्री र २९ जना मन्त्री बनेको घटना सबैभन्दा प्रभावशाली देखिन्छ ।
करिब ४ वर्ष अवधिमा २९ मन्त्री फेरिनुले संघमा सधैं देखिँदै आएको राजनीतिक अस्थिरताको छाप प्रदेश सरकारमा पनि स्पष्ट देखिएको छ । पहिलोपटक मुलुक संघीयतामा जाँदा नेपालमा लामो समयपछि केन्द्रदेखि प्रदेशसम्म ५ वर्षका लागि स्थायी सरकार बन्ने अपेक्षा थियो । तर, राजनीतिक उतारचढाव र विवादले मुलुकलाई पुनः एकपटक अस्थिरतातर्फ धकेलेको छ । वागमती प्रदेशमा हाल गठबन्धन सरकार बनेको छ ।

पार्टीलाई फुटबाट जोगाउने भन्दै भदौ २ गते डोरमणि पौडेलले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिँदै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउनुभएको थियो । तर, पार्टी विभाजनमा १३ सांसदले अर्को दल रोजेपछि अल्पमतमा पर्नुभएकी शाक्य ७२ दिनमा नै सत्ताच्युत हुनुभएको थियो ।नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएको बेलामा प्रदेशको पहिलो मुख्यमन्त्रीको रूपमा मकवानपुरका नेता एमालेका डोरमणि पौडेल नियुक्त हुनुभएको थियो । २०७७ सालसम्म नेकपाका तर्फबाट सरकारको नेतृत्व गरेका पौडेल अदालतले एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्काएपछि पनि एमालेबाट मुख्यमन्त्रीमा निरन्तरता पाउनुभयो ।

माओवादी र एमाले फुट्दा पनि प्रदेशमा एमालेको एकल बहुमत पुगेपछि पौडेलले साढे ३ वर्ष अर्थात् शुरूदेखि २०७८ भदौ २ गतेसम्म मुख्यमन्त्री बनेर प्रदेश सरकारको नेतृत्व गर्नुभयो । भदौ २ गते सत्तारोहण गर्नुभएकी शाक्य कात्तिक १० गते सत्ताच्युत भएसँगै हाल नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्नुभएको छन् ।थापाको विराम, बानियाँको उदय २०७८ सालमा मकवानपुरे नेता राजनीतिका चतुर खेलाडी कमल थापाको राजनीतिक यात्रामा ठूलो अवरोध देखापरेको छ । मकवानपुरमा मात्र होइन, मुलुकमै थापा स्थापित नेता हुनुहुन्छ ।

मकवानपुरमा उहाँले पटकपटक निर्वाचनमा पराजित भए पनि राप्रपाको भने नेता बनिरहनुभएको थियो । राप्रपाका अध्यक्षबाट उहाँ पराजित भएपछि उहाँ राप्रपा नेपालतिर लाग्नुभएको छ ।२०७८ सालमै मकवानपुरे अर्का नेता इन्द्र बानियाँ वागमती प्रदेश कांग्रेस सभापति निर्वाचित हुनुभयो । उहाँ प्रदेशको सभापतिमा निर्वाचित बनेपछि राजनीतिमा उदाउँदो अवस्था हुनुहुन्छ ।

७७४ अपराध, बाढीबाट २ जनाको मुत्यु

मकवानपुरमा २०७८ मा ७ सय ७४ अपराधका घटना घटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अपराधका घटना ज्यान मार्ने उद्योग, कुटपिटबाट अंगभग, मानव बेचबिखन तथा ओसारपसार, नागरिकतासम्बन्धी, लागुऔषध, ठगी, बलात्कारजस्ता अपराधका घटनामा सलग्नलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।

मकवानपुरमा २०७८ सालमा बाढीपहिरोबाट २ जनाको मुत्यु भएको छ । मकवानपुरका विभिन्न ठाउँमा बाढीपहिरो जाँदा २ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २०७८ सालमा बाढीपहिरोबाट ११ जना घाइते भएका थिए ।

सवारी दुर्घटनामा ४६ जनाको मृत्यु

मकवानपुरमा २०७८ मा ४६ जनाको सवारी दुर्घनामा मृत्यु भएको छ । मृत्यु हुनेमा पुरुष ४३ जना छन् भने महिला ३ जना छन् । एक वर्ष अवधिमा सवारी दुर्घटनाबाट १ सय ३७ जना गम्भीर घाइने भएका छन् । जसमा पुरुष १ सय ८, महिला १९, बालक ७ र बालिका ३ जना छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार २ सय ८९ जना सामान्य घाइते भए । सामान्य घाइते हुनेमा पुरुष १ सय ७१, महिला ८३, बालक २४ र बालिका ११ रहे । २०७८ सालमा भने दुर्घटनामा चौपाया क्षति नभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्