कोभिडमाथि विजय पाउँदै गरेको वर्ष



विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ ले विश्वकै अर्थतन्त्र तहसनहस बनाएको छ । झण्डै साढे २ वर्षको अवधिमा विश्वका २ सय २८ मुलुकका ४९ करोड, ८६ लाख ३१ हजार ६ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी ६२ लाख १ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ भने ४४ करोड ३६ लाख ८ हजार ८१ जनालाई निको भएको छ । यसमा सबैभन्दा धेरै अमेरिकामा मात्र ८ करोड २० लाख ५३ हजार २ सय ४२ जना संक्रमित भएका छन् । त्यसै गरी १० लाख १२ हजार १ सय ३१ जनाको मृत्यु भएको छ भने ७ करोड ५६ लाख ५१ हजार ६ सय ८१ जना निको भएका छन् । सबैभन्दा कम माइक्रोनेसियामा १ जनामा संक्रमण देखिई निको भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । नेपालमा ९ लाख ७८ हजार ५ सय ६८ जनामा संक्रमण भएको छ । जसमा ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ भने ९ लाख ६५ हजार ९ सय ८० जनालाई निको भएको छ । यस अवधिलाई २०७८ वैशाखदेखि २०७८ चैत्र २७ गतेसम्मको स्वास्थ्यका विविध पक्षलाई नियाल्दा कोभिड १९ र त्यस विरुद्धको खोपको विषय नै सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा उच्च समाधानको रूपमा आएको पाइयो ।
२०७८ को स्वास्थ्य समयसारिणी :

वैशाख २ : नेपालमा पनि ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस पुष्टि ।
वैशाख ७ : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई हेलचेक्य्राइँ गरे सरकारले कठोर कदम उठाउने चेतावनी दिनुभयो । चेतावनीका आधारमा २०७७ मा चीन, अमेरिका हुँदै भारतमा कोरोना संक्रमण बढेको एक महिनापछि नेपालमा पनि बढेको, आज पनि अवस्था त्यही रहेको, भारतमा दिनमै २ लाखभन्दा बढीको संख्यामा कोभिड बढिरहेको तथ्यांक प्रस्तुत गरिएको थियो । विभिन्न मुलुकहरू कोभिड बढेकै कारण लकडाउनमा गइरहेको अवस्था थियो । नेपालमा पनि लकडाउन गर्ने तयारी भइरहेको थियो ।
वैशाख ८ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह ग-यो ।
वैशाख ९ : नेपालकै इतिहासमा पहिलोपटक चिकित्सा शब्द सागर प्रकाशित भयो ।
वैशाख ११ : कोरोना विरुद्धको एकडोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप पुनः बाहिर ल्याइएको थियो ।
वैशाख १२ : प्रमुख कन्सलट्यान्ट टेकु अस्पतालका डा. अनुप बाँस्तोलाले कोरोना भाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा नेपाल रहेको, सहजै टर्ने स्थिति नभएको जनाउँदै नेपाल समाचारपत्रलाई अन्तर्वार्ता दिनुभयो । काठमाडौंमा लकडाउन गर्न सीसीएमसीको सिफारिस ।
वैशाख २८ : सरकारले कोरोना संक्रमणको दोस्रो वेभ आउँछ भन्ने विज्ञहरूको भनाइलाई बेवास्ता गरी पूर्वतयारी नगरेकै कारण नेपालमा बिरामीहरू अक्सिजन र अस्पतालमा बेड नपाएर मृत्युको मुखमा पुग्न बाध्य भए । २४ घण्टाको रिपोर्टमा उल्लेख गरिएअनुसार २ सय २५ जनाको मृत्यु भएको थियो । पहिलो चरणमा कोरोना संक्रमण भई मृत्यु हुने कतिपयले अस्पताल चहार्दा चहार्दै अक्सिजनको मात्रा कम भएर अस्पतालको गेटमा घण्टाैं एम्बुलेन्सभित्र गुम्सिदागुम्सिदै मृत्युको मुखमा पर्नुपरेको थियो ।
वैंशाख २९ : कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै नेपालमा अक्सिजन, रेम्डीसिविर, अक्सोमिटर, भिटामिन सी, डी, ई, लगायतका औषधिहरूको समेत अभाव हुँदा सरकारले विशेषज्ञ चिकित्सक, प्राविधिक, व्यवसायीलगायतका विज्ञहरूको सल्लाह लिएर रातदिन नभनी खट्नुपर्ने बेलामा सत्ता र कुर्सीको लडाइँमा उत्रनु देशकै लागि दुर्भाग्य बन्दै थियो ।
अक्सिजन प्लान्ट जडानका लागि सरकारले दिएको निर्देशनप्रति अफिनको ध्यानाकर्षण । कोरोना भाइरस संक्रमितकोे उपचारका लागि प्रयोग हुँदै आएको औषधि ‘रेम्डेसिभिर’औषधिको आवश्यकता परेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमै सम्पर्क गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना नै जारी गरेको थियो ।
: अन्तराष्ट्रिय नर्स दिवसका उपलक्ष्यमा नेपालमा पनि कार्यक्रम ।
: केही अस्पतालले कोभिडका बिरामीसँग सरकारले तोकेभन्दा चर्को रकम असुल्ने गरेको पाइयो ।
जेठ २ : नेपालमा अक्सिजनको अभावमा संक्रमित बिरामीहरूको मृत्यु बढ्दै गएपछि नेपाल सरकारले चीन सरकारको सहयोग स्विका¥यो । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (ब्ल्याक फंगस) संक्रमितको मृत्यु पुष्टि भएपछि कोरोना संक्रमणपश्चात् ढुसीको आशंकामा हेटौंडाको आँखा अस्पतालमा उपचारका लागि जानेको संख्या बढेको समाचार प्रकाशित ।
जेठ ४ : कोरोना भाइरस संक्रमणबाट तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख रत्नलाल श्रेष्ठको निधन ।
जेठ ५ : नेपालमा कोरोना संक्रमणका कारण परिवार थला पर्दा अस्पतालका बेड, अक्सिजनको खाँचो पनि बढ्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिका ३० वटा अस्पताललाई कोभिड अस्पताल घोषणा ग-यो ।
: भारतमा खतरा मानिएको कोरोना भाइरसको प्रजाति नेपालमा पनि देखियो ।
जेठ ७ : कोभिड संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर नेपालमै उत्पादन थालियो ।
जेठ ९ : वीरगन्ज निवासी अर्थोपेडिक सर्जन डा. मुराद हुसेनको कोरोना संक्रमणबाट निधन ।
: ह्यान्ड सेनिटाइजर उत्पादन नै नक्कली भएपछि प्रहरीले ललितपुरको इमाडोलमा रहेको सेनिटाइजर कम्पनीमा छापा । ‘७५ प्लस’ नामको झण्डै १० ट्रक स्यानिटाइजर बरामद ।
: सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि उपकरण खरिदका लागि विभिन्न अस्पताललाई २ अर्ब ९३ करोड ८० लाख विनियोजन ग-यो ।
जेठ १० : कोभिड–१९ केन्द्रीय अस्पताल वीर अस्पतालको प्रमुखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम नियुक्त ।
: मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्की ।
जेठ ११ : औषधि व्यवस्था विभागमा दर्ता भएका स्यानिटाइजरको नामावलीसहित ६१ वटा सार्वजनिक गर्दै सो मात्रै प्रयोग गर्न सर्वसाधारणलाई अपिल ।
जेठ १२ : चिनियाँ राष्ट्रपति सी जिन फिङले नेपाललाई थप १० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गर्नुभयो ।
जेठ १३ : सरकारद्वारा १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत, स्वास्थ्यमा कुल बजेटको ७ दशमलव ४५ प्रतिशत १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन । कोभिड खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड, कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड, ७० प्रकारका निःशुल्क औषधि खरिदका लागि ५ अर्ब ६० करोड, १४ वर्षमुनि र ७० वर्षमाथिका नागरिकको मुटु रोगको उपचारका लागि २ अर्ब ५० करोड, काठमाडौंमा ३ सय श्ययाको सरुवारोग अस्पताल निर्माणका लागि १ अर्ब ३० करोड विनियोजन । त्यस्तै, नयाँ बन्ने स्थानीय स्तरका अस्पतालका लागि ६ अर्ब १५ करोड, महिला स्वास्थ्य स्वयमसेविकाको यातायात भत्ता शतप्रतिशत वृद्धि, मलेरिया, क्षयरोग, एड्स तथा यौनरोग, कुष्टरोग नियन्त्रणका लागि १ अर्ब ४६ करोड विनियोजन । राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्था स्थापना गरिने घोषणा । मनमोहन कार्डियो भास्कुलर तथा प्रत्यारोपण केन्द्र त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, विपी कोइराला क्यान्सर अस्पताल, जीपी कोइराला श्वास प्रश्वास केन्द्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, रामराजसिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माण गर्न १ अर्ब २८ करोड रुपियाँ विनियोजन ।

 : कान्ति बाल अस्पतालको आईसीयु वार्ड वृद्धिलगायत पूर्वाधार निर्माण गर्न ३४ करोड रुपियाँ छुट्याइयो ।
: शहिद गंगालाल मुटुरोग अस्पतालको सेवा विस्तार गरी बाल मुटुरोग युनिट सञ्चालन एवं अप्रेसन थिएटर स्तरोन्नति गर्न ५८ करोड रुपियाँ विनियोजन ।
जेठ १८ः चीन सरकारले नेपाललाई अनुदानस्वरूप दोस्रोपटक १० लाख डोज खोप उपलब्ध गराउने घोषणा ग¥यो जो एक हप्तामै नेपाल भित्रियो ।
जेठ १९ः कोरोना संक्रमण निको भएका बिरामीमा कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमण हुँदा वीरगन्जमा तीन जनाको मृत्यु ।
जेठ २० : १२ वर्षमाथिका बालबालिकामा भारतले पनि खोप परीक्षण शुरू ग-यो ।
जेठ २२ः कोरोनाको तेस्रो र चौथो लहर विशेषगरी बालबालिकामा बढी संक्रमित हुने अवस्थालाई औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा रहेको श्ययामध्ये २० प्रतिशत बालबालिकाहरूका लागि छुट्याउन निर्देशन दियो ।
: वर्तमान मन्त्रिपरिषद्ले मन्त्रिमण्डल पुनर्गठन गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङलाई ल्याइयो ।
: नेपालमा कोरोना भारइसविरुद्धको चिनियाँ खोप सिनोभ्याकलाई आपतकालीन प्रयोगको अनुमति दिइयो ।
असार : ५ नेपालमा क्यान्सरको उपचार तथा रोकथाममा योगदान गरेकोमा जापानको कोबायासी फाउन्डेसनले नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. सुदीप श्रेष्ठलाई ‘छैठौं कोबायासी फाउन्डेसन पुरस्कार—२०२०’ प्रदान ग-यो ।
: विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले नेपाका स्वास्थ्यकर्मी हिरो हुन भन्दै प्रशंसा गरी ट्विट गर्दै उहाँले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडियो राख्नुभयो ।
असार ९ : एसओएस बालग्राम अन्तर्राष्ट्रियका संस्थापक प्रा. डा. हर्मन माइनरको १०२औं जन्मजयन्ती तथा ३५औं अन्तर्राष्ट्रिय एसओएस दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो ।
असार १०ः कोरोना भाइरसको तेस्रो लहरको खतरा खोप लगाउन नपाएका अर्थात् बालबालिकामा बढी जोखिम हुनसक्ने स्वास्थ्य विज्ञहरूको अनुमान बाहिरिएसँगै न्यूजिल्यान्डमा १२ देखि १५ वर्षसम्मका किशोर–किशोरीहरूलाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन मिल्ने निष्कर्ष । न्यूजिल्यान्डको औषधि नियामक निकायले फाइजर खोप सो उमेर समूहलाई लगाउन सकिने सिफारिस ग-यो ।
असार १२ : स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै पहिलो निर्णयमै मनाङ र सिन्धुपाल्चोक मेलम्चीका बाढी पहिरो पीडित परिवारलाई कोरोनाविरुद्धको खोप पहिलो प्राथमिकतामा राखेर दिने निर्णय गर्नुभयो ।
असार १४ : स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बाँस्तोलालाई नियुक्त ग-यो ।
असार २२ : नेपालमा डेल्टा नयाँ छिटो फैलने कोरोना भाइरसका कारण धेरै मानिस संक्रमित हुनुका साथै ज्यानै गुमाउने अवस्थामा पुगेका कारण बिहान ३ बजेदेखि नै खोप केन्द्रहरूमा भीड लाग्यो ।
असार २८ : संयुक्त राज्य अमेरिकाले एक मात्रा लगाए पुग्ने कोरोनाविरुद्धको अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप उपहारस्वरूप नेपाल सरकारलाई हस्तान्तरण ग-यो ।
असार २९ : पोस्ट कोभिडबाट स्वास्थ्य समस्या जटिल बन्दै गएपछि नयाँ दिल्लीस्थित अपोलो अस्पताल पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौलाको डायलाइसिस शुरू गरियो ।
: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको अन्तिम सम्बोधनका क्रममा कोभिडविरुद्धको खोप सहुलियत दरमा १ करोड ५० लाख मात्रा खरिद गर्ने सम्झौता भइसकेको खुलासा गर्नुभयो ।
असार ३० : नयाँ सरकार गठन भएलगत्तै सरकारले कोरोनाविरुद्धको अभियानलाई प्राथमिकतामा राखी खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई ५ अर्बको स्वीकृति दिने निर्णय ग-यो ।
साउन ३ : नेपालमा टिजिग फर्मा प्राइभेट लिमिटेडले पहिलोपटक क्यान्सर रोगको औषधि उत्पादन ग-यो ।
साउन ५ : नर्सिङ सेवामा अब्बल वीर अस्पतालकी पूर्व नर्सिङ इन्चार्ज सरिता बोहराको मिर्गौलाको उपचारकै क्रममा निधन भयो ।
साउन ७ : निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा स्वास्थ्य मापदण्डको पालना कमजोर भएकै कारण कोरोना संक्रमण दर वृद्धि हुँदा तेस्रो लहर छिटै आउने संकेत देखा परेको स्वास्थ्य मन्त्रालयको चेतावनी ।
साउन १६ : बारबारा फाउन्डेसनले कोरोना संक्रमणका बेला आफू र परिवारको समेत ज्यान नै जोखिममा पारी मानवीय सेवामा जुट्ने चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, एम्बुलेन्स चालक तथा विभिन्न स्वास्थ्य संस्था गरी ८७ जनालाई सम्मान ग-यो ।
फागुन १२ : थप तीन वटा ट्रमा सेन्टर तत्कालै स्थापना गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको घोषणा ।
फागुन १८ : संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले नेपालको कोभिड–१९ महामारी प्रतिकार्यमा उपलब्ध गराउँदै आएको मानवीय सहायतालाई निरन्तरता दिँदै थप जीवनरक्षक सामग्री प्रदान ग-यो । १ लाख अमेरिकी डलर मूल्य बराबरको ८ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण ।
फागुन २१ : नेपालमा पहिलोपटक शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीले डेढ घण्टा लामो प्रयासमा एओर्टिक भल्भ प्रत्यारोपण (टाभी) विधिबाट चिरफारबिना नै ८० वर्षीया महिलामा प्रत्यारोपणमा सफलता हासिल ।
फागुन २४ : कोभिड–१९ महामारीले लैङ्गिक र स्वास्थ्यलगायत २०३० दिगो विकास लक्ष्यहरू हासिल गर्ने कार्यमा नकारात्मक प्रभाव पारेको अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्व स्वास्थ्य संगठनले औंल्यायो ।
फागुन २७ : विश्व मिर्गौला दिवसको अवसरमा स्वास्थ्य मन्त्री विरोध खतिवडाले मृत्युपश्चात् मिर्गौला दानको घोषणा गर्नुभयो ।
चैत्र २ः दक्षिण एसियामै पहिलोपटक १५ महिनादेखि १५ वर्षसम्मका ७५ लाख बालकालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने निर्णय ।
चैत्र १२ : धुलिखेल कल्याणकारी सेवा समाजले आयोजना गरेको पारिवारिक वनभोज कार्यक्रममा समाजका अध्यक्ष दिलबहादुर गजुरेललगायत संस्थाका ९ सदस्यद्वारा अंगदानको घोषणा ।
चैत्र तेस्रो साता : ‘जिरो कोभिड’ नीति अपनाउँदै आएको चीनमै तयार गरिएको साइनोभ्याक खोप लगाएका व्यक्तिमा पुनः महामारी फैलियो, सांघाइलगायतका शहर बढी प्रभावित ।

प्रतिक्रिया दिनुहोस्