‘माइटी पर्फमेन्स बुस्टर’ नार्जो ५० सार्वजनिक



काठमाडाैं ।

विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले सामबार नेपालमा रियलमी नार्जो सिरिजअन्तर्गत नार्जो ५० सार्वजनिक गरेको छ ।

माइटी पर्फमेन्स बुस्टेडनार्जो ५० स्मार्टफोनमा उत्कृष्ट प्रोसेसर, उत्कृष्ट डिस्प्ले, छिटो चार्ज गर्ने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री लाइफको सुविधा रहेको छ ।

यस श्रेणीमा उत्कृष्ट गेमिङ प्रोसेसर प्रस्तुत गर्दै मेडियाटेक हेलियो जी ९६ द्वारा सञ्चालित नार्जो ५० ले दुई को¥टेक्स–ए७६ कोर र ६ वटा को-टेक्स–ए५५ कोरको २.० गिगाहर्जका साथ उत्कृष्ट प्रदर्शन ल्याउने कम्पनीको दाबी छ । यो १८० हर्जको टच स्याम्पलिङ्ग दरको र अल्ट्रा–स्मुथ १२० हर्ज रिफ्रेस दरको साथ ६.६ इन्च डिस्प्लेको साथ आउँछ ।

जसले युवागेमरहरूलाई सबैभन्दा सहज प्रदर्शन प्रदान गर्दछ । यो स्मार्टफोनमा लामो समय टिक्ने ५ हजार एमएएच ब्याट्री छ र यसको ३३ वाट डार्ट चार्जिङले ७० मिनेटमै सय प्रतिशत ब्याट्री चार्ज गर्न सक्छ ।५० एमपीएआई ट्रिपल क्यामेराका साथ उपलब्ध यो फोनले रातको समयमा उत्कृष्ट र गुणस्तरीय फोटो खिच्नुका साथै रातको सट लिँदा स्पष्ट र चम्किलो विवरणहरू ल्याउने रियलमीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्