भिभोद्वारा नेपालमा तीन नयाँ स्मार्टफोन सार्वजनिक



काठमाडौं।

भिभोले आफ्नो भी र वाई सिरिजका तीनवटा स्मार्टफोन – भी २३ फाइभजी, वाई ३३ एस र वाई ०१ नेपालमा सार्वजनिक गरेको छ । यी नयाँ स्मार्टफोन प्रयोगकर्तालाई हरेक मूल्य विन्दुमा उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको कम्पनीले जनाएको छ ।
भी २३ फाइभजी एक नविनतम स्मार्टफोन हो ।

जुन उल्लेखनीय पोर्ट«ेट र सेल्फीका लागि असाधारण फोटोग्राफी सुविधासहित ट्रेन्ड सेटिङ डिजाइन रहेको पनि कम्पनीले जनाएको छ । भी २३ फाइभजी को ५० एमपी अटोफोकस पोर्टट सेल्फी, ६४ एमपी सुपर–सेन्सिङ क्यामेरा र ८ एमपी सुपर वाइड–एंगल क्यामेराले क्यामेरा प्रदर्शन र डिजाइन सुन्दरतामा नयाँ मापदण्ड कायम गरेको छ । यसको बाह्यस्वरूपले प्राकृतिक साथै एक अलग अद्भूत लुक र अनुभव दिने पनि कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नविन बाह्य स्वरूपका लागि भिभोले मेटल फ्ल्याट फ्रेम डिजाइनमा रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन टेक्नोलोजीको प्रयोग गरेको छ जुन प्रत्यक्ष सूर्यको किरणमा रङ परिवर्तन भएर अझ बढी आकर्षक देखिने पनि कम्पनीले जनाएको छ ।

भी २३ फाइभजीको डुअल–टोन स्पटलाइट र फ्रन्टको क्यामेराको एआई एक्स्ट्रिम नाइट पोर्ट«ेट मोडको साथमा उत्तम नाइट पोट्र्रेटहरूबाट अँध्यारो प्रकाशमा राम्रो सट लिन सक्ने कम्पनीको दाबी छ ।भिभोका तीनवटा स्मार्टफोन– भी २३ फाइभजी, वाई ३३ एस, वाई ०१ आइतबारबाट बाट देशभर उपलब्ध भएको छ ।

भिभो भी २३ फाइभजीको मूल्य ५५ हजार ९ सय ९९ रहेको छ र यो ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा सनसाइन गोल्ड र स्टारडस्ट ब्ल्याक रंगमा उपलब्ध हुनेछ ।वाई ३३ एस २९ हजार ९ सय ९९ मा ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा मिरर ब्ल्याक र मिडडे ड्रिम रंगमा उपलब्ध हुनेछ । वाई०१ १३ हजार ९ सय ९९ मा २ जीबी प्लस ३२ जीबी स्टोरेज भेरियन्टमा एलिगेन्ट ब्ल्याक र सेफाइस ब्लु रंग उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्