सुजुकी ह्यापी न्यु कार ग्राहक योजना शुरू



काठमाडौं (नेस) ।

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नयाँ वर्षका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्यापी न्यु कार’ सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले दुई लाख रूपियाँसम्म बराबरको नगद छुट, एक लाख पच्चिस हजार रूपियाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बिमा र स्क्र्याच कार्डमार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूममा लागु हुनेछ । सुजुकीका विभिन्न मोडेलहरूका कारहरूबमोजिम फरक फरक हिसाबका छुटहरू लागु हुनेछन् । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, सेलेरिओ, इग्निस्, स्विफ्ठ, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरू बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्