दोस्रो इन्टरटेनमेन्ट अवार्ड हुने



मनोरञ्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै दोस्रो नेसनल इन्टरटेनमेन्ट अवार्ड–२०२२ हुने भएको छ। मौलिक कला, संस्कृति, गीत–संगीत, फिल्म, खेल, कमेडी, फेसन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एन्ड कल्चर क्षेत्रका व्यक्तित्वलाई अवार्ड तथा सम्मान प्रदान गर्दै आगामी जेष्ठ महिनामा अवार्ड गरिन लागेको हो।

२०२० जनवरीदेखि २०२१ डिसेम्बर सम्मका गीत–संगीतले अवार्डमा सहभागी हुन सक्ने र यसका लागि वैशाख २० गतेसम्म फारम भरिने आयोजक क्रियटिभ इन्साइट मिडियाका संस्थापक निर्देशक सूर्य चन्दले जानकारी गराएका छन्।

कार्यक्रममा गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत (तिज, दशैँ तिहार, फागु) भेग विशेष (पूर्वेली, काठे, पश्चिमेली) भजन, पप÷आधुनिक गायक–गायिका, भाषा–भाषिका गीत, म्युजिक भिडियो मोडल, फिल्मका सम्पूर्ण विधा, खेल, कमेडी, फेसन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एन्ड कल्चरलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने उनले जानकारी गराए। अवार्डमा विभिन्न विधामा सम्मानमसते गरिने आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्