मोलमोलाइमा देश



राजनीति भनेको के ? राजा छैनन् कति भयो।

राजनीतिको आडमा व्यापार यो अति भयो।।
कुर्सीमा जब जो पुग्छौ बेच्न थाल्छौ सके जति।
कुन -कुनले कति के बेच्यौ देशको मूल्य भयो कति।।

जात बेच्यौ राहात बेच्यौ बेच्यौ माटोपानी सब।
बेच्नमिल्ने सबै बेच्यौ के बेच्नु छ ? अझै अब।।
एम सी सी भनी ल्याएछौ के पाइन्छ अरे अब ?
जमिनै बेच्थ्यौ फेरि खानी सक्ने भयौ सब।।

बनायौ देश यो खोक्रो खोतली खोतली कन।
रहन्छन् जनता काहा खान्छन् के अब लौ भन।।
चुनाव गर्दछौ किन ? देशमा कसले गर्‍यो र के।
चुनावै जितेर पो नै कुनले गर्दछौ र के।।

विश्वास कसको गर्नु पाटीमा किन के छर ?
जनता पासोमा पर्छन् नेतामा भई निर्भर।।
भोट माग्न भनी गाउँ छिर्छौ मुसो सरी बनी।
कुर्सीमा पुगी गर्जन्छौ क्षमता छ म मा भनी।।

प्रतिक्रिया दिनुहोस्