प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमुलक : परराष्ट्रमन्त्री खड्का



न्युज अफ नेपाल, काठमाडौं ।

परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् ।आइतबार साँझ तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किएकपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलन खड्काले भ्रमणले मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भएको बताएका हुन् ।

ुमैत्रीपूर्णल सम्बन्धलाई प्रधानमन्त्रीको भ्रमणले नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भयोु खड्काले भने, ‘कोभिडका कारण उच्चस्तरीय भ्रमण भएका थिएनन्, यो भ्रमणले नेपालको छिमेकीसँगको बहुआयामिक सम्बन्ध प्रगाढ र नयाँ उचाइमा पुर्‍याउने कुरामा प्रधानमन्त्री जोड दिनु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्