थप २६ जनामा कोरोना संक्रमण



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा थप ७७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १ हजार १४६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्