एनआरएनएका पदाधिकारीले भेटे प्रचण्डसँग



न्युज अफ नेपाल, काठमाडौं ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना दिएका थिए ।

भेटका अवसरमा चैतको १२ र १३ गते सम्पन्न विश्व सम्मेलनले लिएका प्रतिवद्धताबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको विकासमा विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताएका थिए । उनले गैरआवासीय नेपाली संघ एकजुट भएकोमा आफू एकदम खुसी भएको बताए ।

अध्यक्षले भने, ‘यो एनआएनएको होइन, यो नेपाली जनताको एकतालाई तपाईंहरूले दिएको सन्देश हो । अप्ठ्यारोको बीचबाट पनि नेपालीले बाटो पहिल्याउन सक्छन् भन्ने एकता र क्षमताको सन्देश छ यसमा । नेपालीहरूले अप्ठ्यारोको बीचमा पनि नेतृत्व क्षमता राख्छन् भन्ने सन्देश यसमा छ ।’

प्रतिक्रिया दिनुहोस्