लागु औषधसहित एक युवक पक्राउ



खुशीमाया गुरुङ, लमजुङ  ।

लमजुङ प्रहरीले लागु औषध सहित एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुधपोखरी गाउँपालिका वडा नं. ५ का २३ वर्षीय विधान गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङलाई  जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोलीले बेसीसहर नगरपालिका ७ सेरा बजारबाट सोमवार दिउसो १२ः १३ बजेको समयमा लागु औषधसहित पक्राउ गरेको  हो ।

शेरा बजारमा लागु औषध सहित युवा हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा निजलाई नियन्त्रणमा लिन प्रहरी टोली सफल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

प्रहरी टोलीले गुरुङको साथबाट डाइजेपाम–१० थान, फेनेरगन–१० थान, नोफिन– १० थान लागु औषध बरामद गरेको छ । गुरुङलाई मंगलबार लमजुङ जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान कार्य भई रहेको लमजुङका  प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले वताए ।

प्रतिक्रिया दिनुहोस्