१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ



न्युज अफ नेपाल, धनगढी ।

कैलालीमा १२ वर्षीया बालिकायलाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन् । बाख्रा चराउन जंगल गएकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

बाख्रा चराएर घर फर्कने क्रममा ती बालिकालाई पुरुषले बलात्कार गरेको भन्दै आफन्तले उजुरी दिएपछि पुरुषलाई पक्राउ गरिएको प्रहरी प्रबाक्ता जोशीले बताए । पक्राउ परेका पुरुष माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्