प्रोटोनका नयाँ गाडी नेपालमा सार्वजनिक



काठमाडौं (नेस) ।

अघिल्लो वर्ष नेपाली बजारमा भित्रिएको प्रोटोन एक्स ७० को सफलतापछि नेपालमा प्रोटोन गाडीको अधिकारिक वितरक, जगदम्बा मोटर्सले बहुप्रतिक्षित मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयूभी प्रोटोन एकस ५० अधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

गैरीधारास्तिथ सोरुमबाट विभिन्न मिडिया तथा मलेसियन राजदूतावासका मोहम्मद फद्जल अबु हसनको उपस्थितिमा गरिएको कार्यक्रममार्फत् जगदम्बा मोटर्सले सो गाडी सार्वजनिक गरेको हो ।

प्रोटोन एक्स ५० पछिल्लो समयमा अरू विभिन्न देशमा ख्याति प्राप्त हुन सफल भएको साथै मलेसियाको सबैभन्दा बढी माग भएको गाडी हो । १.५ लिटर टर्बोचार्ज्ड थ्री–सिलिन्डर इन्जिनका साथ सो गाडीको विभिन्न सेग्मेन्टका सवारी साधन नेपालमा जगदम्बा मोटर्सले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्