गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा थापा



न्युज अफ नेपाल, काठमाडौं ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च भिटोफ नेपालको अध्यक्षमा गोपाल थापा विजयी भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न संस्थाको साधारण सभा तथा वार्षिक साधारण सभा तथा केन्द्रीय कार्य समितिको निर्वाचनबाट अध्यक्षमा थापा निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी जस्फा पाण्डेलाई १४८ मतले हराउँदै थापा विजयी भएका हुन् । यस्तै महासचिव र कोषाध्यक्षमा थापा प्यानलकै क्रमशः नितेष थापा र तारालाल धरेल निर्वाचित भएका हुन् । अन्य पदमा भने सर्वसम्मती भएको छ ।

कोरोना महामारीपछि पहिलो पटक मञ्चको कार्य समिति चयन भएको हो । संस्थाले झण्डै तीन दशदकदेखि स्थानीय स्तरमा होमस्टे सञ्चालन लगायतका गतिविधि गरिरहेको छ । लिफ होलिडेज ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिका प्रबन्ध निर्देशकसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्