तिमिल्सिना समाजको अध्यक्षमा दीपक निर्वाचित



न्युज अफ नेपाल, काठमाडौं ।

तिमिल्सिना समाज नेपालको अध्यक्षमा कास्की निवासी दीपक तिमिल्सिना निर्वाचित भएका छन् । समाजको १०औं महाधिवेशनबाट दीपक तिमिल्सिना अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्षमा गोरखा निवासी कपिल तिमिल्सिना, वरिष्ठ उपाध्यक्षमा काभ्रेपलान्चोक निवासी चन्द्रमणी तिमिल्सिना, उपाध्यक्षमा नवलपरासी निवासी होम तिमिल्सिना निर्वाचित भएका छन् ।

महासचिवमा सिन्धुपाल्चोक निवासी टपेन्द्र तिमिल्सिना, सचिवमा काठमाडौं निवासी हिरादेवी तिमिल्सिना, कोषाध्यक्ष, काभ्रेपलान्चोक निवासी जयराम तिमल्सिना चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्