बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ ठेगाना भएका ६८ वर्षीय कृष्ण बहादुर थापा छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंले गत फागुन २० गते उनलाई १ वर्ष कैद सजाय ठहर गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा बारा जितपुर सिमरा उपमहानगरपालिका–४ बाट उनलाई पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले उनलाई २०७७ मंसिर २२ गते सोही मुद्दामा १ करोड २५ लाख रुपैयाँ विगो वापतको रकम जरिवाना र सो को कानुन बमोजिम हुने व्याज समेतको विगो दाखिला गर्ने फैसला सुनाएको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्