निजी क्षेत्रले उत्पादनको काम गर्ने, राज्यले वितरण गर्ने बाटोमा जानुपर्छ : महत



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले निजी क्षेत्रले उत्पादन गर्ने र राज्यले वितरण गर्ने नीति अनुसार अघि बढनु पर्ने प्रस्ताव गरेका छन् ।

काठमाडौंमा जारी अर्थशास्त्रीहरुको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका महतले सोही अनुसार नीति बनाएर अघि बढनु पर्नेमा जोड दिए ।

‘अब नीजि क्षेत्रलाई उत्पादन गर्न लगाउने र राज्यले बितरण गर्ने जिम्मेवारी लिने हो भने धेरै समस्याको हल हुनेछ,’ महतले भने, ‘अबको अर्थतन्त्रको नीति बनाउँदा सोही अनुसार जानुपर्छ, यसमा सबैले जोड गरौं,’ महतले भने ।

प्रतिक्रिया दिनुहोस्