एमालेले वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि यही चैत १६ गते मुलुकका ७५३ वटै पार्टीका कमिटीका पदाधिकारीलाई सम्बोधन गर्नुहुने भएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन घोषणापत्रका लागि परामर्श र पार्टीका नीतिबारे स्पष्ट पार्न एकैदिन प्रविधिमार्फत सम्बोधन गर्न लाग्नुभएको हो । सो पार्टीको आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले उक्त कार्यक्रम तय गरेको हो ।

आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसर पारेर केन्द्रमा निर्वाचन घोषणापत्र र स्थानीय तहमा पार्टीका तर्फबाट प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्