नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश



न्यूज अफ नेपाल, काठमाडौं ।

नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, तनहुँले आदेश दिएको छ। पक्ष र विपक्षका वकिलहरुको बहसपछि बिहीबार साँझ न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले नाबालिग गायिकामाथि जबर्जस्ती करणीको अभियोगमा पललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

नायक शाहविरुद्ध ती नाबालिग गायिकालाई प्रलोभनमा पारेर जर्बजस्ती करणी गरेको अभियोगमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा गत ११ फागुनमा किटानी जाहेरी परेको थियो भने त्यसको चार दिनपछि पलले तनहुँ प्रहरी कार्यालय पुगी आत्मसमर्पण गरेका थिए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, नवलपुरमा पनि जाहेरी परेपछि नवलपुर जिल्ला अदालतमा पनि मुद्या दायर गरिएको छ। नवलपुरमा भने थुनछेक बहस हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्