टिभीएसले ल्यायो नयाँ वर्षको उपहार योजना



काठमाडौं (नेस) ।

हरेक नयाँ वर्षमा आफ्ना ग्राहक र शुभ चिन्तकलाई विभिन्न योजनामार्फत जगदम्बा मोटर्सले स्वागत गर्ने गरेको छ । हरेकपटक आकर्षक उपहारसहित प्रस्तुत हुने जगदम्बा मोटर्सले यो वर्ष पनि आकर्षक योजनासहित नयाँ वर्षको स्वागत गर्न लागेको जानकारी दिएको छ ।

जगदम्बा मोटर्सले नयाँ वर्षको रौनक थप्न नयाँ रोचक योजना, ‘आयो पायो पर्यो सोर्यो’ ल्याएको छ । योजनाअन्तर्गत किने पनि नकिने पनि टिभीएस नेपालको सोसल मिडियामा भाग लिएर हरेक हप्ता ५० हजार जित्ने मौका, सवारी साधन किन्नुअगाडि टिभीएस नेपाल डट कम न्यू इयरमा दर्ता गरेर ५० हजारसम्म जित्न पाउने अफर ल्याएको छ ।

नेपालभर टिभीएसको कुनै पनि बिक्रेताबाट टिभीएसको स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाखसम्मको छुट पाउनुका साथै बम्परमा किने पनि नकिने पनि टिभीएसको सोसल मिडियामा भाग लिएर ३ जना भाग्यशाली विजेताले अपाचे आरआर३१० जित्ने मौका योजनामा रहेको कम्पनीले जनाएको छ । साथै हरेक खरिदमा ग्राहकले शून्य प्रतिशत ब्याज अनि एक्सचेन्जमा मासिक रकम रु. ५ हजार ९९९ तिरेर टिभीएस चढेर जान पाउने कम्पनीले जानकारी दिएको छ ।

नयाँ वर्षको योजनालाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सको सीईओ दीपक अग्रवालले टिभीएसलाई नेपाली ग्राहकले रुचाएको र अहिले टिभीएसको बजारमा माग बढेकोमो खुशी व्यक्त गर्दै यस नयाँ वर्षको योजनाले ग्राहकलाई मध्यनजर राखेर टिभीएसले बिक्रीलाई नयाँ उचाइमा पुर्याउने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्