एमाले केन्द्रीय कमिटी बैठकमा प्रतिवेदनमाथि भोलि छलफल हुने



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको बुधबारको बैठक सकिएको छ। काठमाडौंको माइतीघरस्थिति कार्की ब्यांक्वेटमा बसेको बैठकको पहिलो दिन राजनीतिक प्रतिवेदन पेस भएको छ। बुधवार प्रस्तुत भएका प्रतिवेदनमाथि अब बिहीवार छलफल हुने भएको छ ।

बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको पार्टीकाप्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

‘भोलिको बैठकमा सो राजनीतिक प्रतिवेदनमा सबै केन्द्रीय सदस्यले आवश्यकता महसुस विषयहरुमा लिखित सुझाव र राय प्रस्तुत गर्नुहुन्छ । त्यसमा लामो छलफल गर्दैनौं। बाँकी ९ वटा अजेन्डामा भोलि छलफल गर्दै निष्कर्षमा पुग्छौ’, प्रचार विभाग प्रमुख गुरुङले भने ।

प्रतिक्रिया दिनुहोस्