सिलाइ व्यवसाय सम्मानित पेशा हो : मन्त्री आले



विमल विष्ट, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सिलाइ व्यवसाय भनेको सम्मानित पेशा भएको बताउनु भएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारण सभालाई आज सम्बोधन गर्नु हुँदै मन्त्री आलेले सिलाइ व्यवसाय भनेको अतिनै सम्मानित पेश भएको र उक्त व्यवसायलाई सबैले सम्मान गर्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पेशा सबैको सम्मानित नै हुन्छ तर सिलाई व्यवसाय भनेको झनै सम्मानित पेशा हो, सिलाई व्यवसायीलाई सबैले सम्मान गर्नु पर्छ ।” मन्त्री आलेले नेपाल कपडा तथा सिलाइ व्यवसायीका समस्या समाधानका लागि आफुले पहल गर्ने समेत जानकारी गराउनुभयो ।

सिलाइ व्यवसायीहरुलाई आवश्यक पर्ने सामानहरु खरिद गर्नमा राज्यले विषेश छुट दिनु पर्ने समेत बताउनुभयो । कोभिडका कारण सिलाइ व्यवसाय धरासायी भएकाले उक्त व्यवसाय गर्दा चाहिने सामाग्री खरिदमा भन्सार छुटका लागि प्रधानमन्त्री तथा अर्थमन्त्री ज्यूसँग आफुले कुरा गर्ने समेत मन्त्री आलेले आश्वासन दिनुभयो । सिलाइ व्यवसाय सबैलाई उपयुक्त हुने व्यवसाय भएकाले आफु उक्त व्यवसायको सधै सम्मान गर्दै आएको बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले बिगतको सरकारको पालमा नारायण हिटी राजदरबार सङ्ग्राहलय कौँडीको भाउमा दिएकाले आफुले कौडीको भाउमा दिएको सङ्ग्राहलय फिर्ता ल्याउदा अहिले धेरैको टाउँको दुःखाइ भएको समेत आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “नारायण हिटी राजदरबार सङ्ग्राहलय कौँडीको भाउमा दिन हामीले गणतन्त्र ल्याएका हौँ र रु राज्यको सम्पती दोहन गर्न कसैलाई पनि दिन्न ।” नारायण हिटी राजदरबार सङ्ग्राहलयको जग्गा बतास कम्पनीसँगको सेटिङमा ६ आना जग्गा क्याफट एरिया बनाउनका लागि कौँडीको भाउमा दिएको भएपनि बतासले १४ रोपनी जमिन कब्जा गरेको बताउनु हुँदै मन्त्री आलले थप भन्नुभयो, “म नेपाली जनताको सिर ननिहुरीने गरी काम गर्छु, आफु पनि गलत गर्दिन र गर्न पनि दिन्न ।”

पशुपति धर्मसाला पनि बतास कम्पनीसँगको सेटिङ्मा कौडीको भाउमा दिइएकाले आफुले फिर्ता गराएको समेत मन्त्री आलेले जानकारी दिनुभयो । भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले देश बिदेशबाट पशुपतिमा आउने हिन्दु धर्मावलम्बी सहितका भक्तजनलाई बासबस्न सस्तो सुलभ होस भनेर भारु २५ करोड रुपियाँ दिएर बनाइएको धर्मसाला पनि बतास कम्पनीलाई सेटिङमा दिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सेटिङ्मा धर्मसाला दिएको ठिक भएन भनेर एक जनजातीको छोराले फिर्ता ल्याउदा कसैको दुखाइ किन रु गलत कामलाई गलत हो भन्न नमिल्ने ।”

यसैगरी मन्त्री आलेले आफु नेपाल कम्युनिष्ट पार्टी समाजबादी पार्टीबाट मन्त्री भएपछि रोजगारीका लागि बैदेशिक राजगारीमा जाने नागरिकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिश्रामस्थल, तातोपानी, चिसो पानी, निःशुल्क वाइफाइको व्यवस्था मिलाइएको र बिमानस्थलमा कोभिड टेष्ट गरेको चार्ज रु दुइ हजार बाट घटाएर एक हजार १०० लिन आदेश दिएर घटाएको बताउनुभयो ।

आफु सर्वहारा पार्टीको नेता भएकाले दुःखी, गरिब र सर्बहाराको पक्षमा सधै उभिने समेत बताउनुभयो । बिमानस्थलमा रहेका ट्याक्सी व्यवसायीहरुले मिटरमा जान नमान्ने मनोमानी रकम लिने गरेका कारण आफुले यात्रुलाई सहज होस भनेर बिमानस्थलदेखि गोल्डेन गेटसम्म निःशूल्क सटल बस सञ्चालन गरेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्