अर्घाखाँचीमा सम्पन्न तेस्रो उपमेयर कप क्रिकेटको उपाधि अर्घालाई



न्युज अफ नेपाल, अर्घाखाँची ।

अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा जारी तेस्रो उपमेयर कप क्रिकेटमा सनपा ९ अर्घा विजयी भएको छ । आज भएको फाईनल खेलमा सनपा ८ किमडाँडालाई ३ विकेटले पराजित गर्दै अर्घाले उपाधी हात पारेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको अर्घाले अन्तिम ओभरसम्म खेल्दै सात विकेटको क्षतिमा जित निकाल्न सफल भएको हो । किमडाडाँले ९९ रन बनाएपछि १०० रनको लक्षयसहित मैदान उत्रिएको अर्घाले अन्तिम ओभरमा लक्ष्य पुरा गरेको थियो ।

सन्धिखर्क नगरपालिकाको आयोजना र अर्घाखाँची कृकेट संघको व्यवस्थापनमा सम्पन्न खेलको केही दिन अघि नगरप्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्