‘भ्रम चिर्दै’ निर्वाचनको तयारीमा माओवादी केन्द्र



काठमाडौं ।

नेकपा माओवादी केन्द्रको वैचारिक राजनीति प्रशिक्षण सम्पर्क सम्मेलन सम्पन्न भएको छ । माओवादी केन्द्र नमोबुद्वको आयोजनामा शनिवार काठमाडौंको कोटेश्वरस्थित  गौरीशंकर पार्टी प्यालेसमा भएको कार्यक्रममा आगामी स्थानीय तहको चुनावको तयारीका बारेमा छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका खेलकुद मन्त्री रत्न ढकालले  कार्यकर्ताहरूलाई आगामी निर्वाचन र वैचारिक राजनीति बारे जानकारी गराई सोहि अनुरूप लाग्न आग्रह गर्नु भएको छ।

कांग्रेस, एमालेले समाजमा बनाएको अराजक भ्रम चिर्दै आगामी निर्वाचनमा  जनतामा  विकाससहित मौलिक अधिकार तथा हक हितको लागि माओवादी केन्द्र तत्पर रहेको बताउँदै उनले त्यो विश्वास दिलाई  जनतामा जानुपर्ने बताउनु भयो ।

कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले आगामी चुनावमा एक भएर अघि बढ्न निर्देशन दिनुभएको छ । आगामी चुनावमा पार्टीले गठबन्धन नगरी चुनाव लड्न तयार रहनुपर्ने बताउँदै गठबन्धन भएमा एकीकृत समाजवादीसँग हुन सक्ने बताउनु भयो ।

बाग्मती प्रदेशका खेलकुद मन्त्री रत्न ढकाल, नमोबुद्व काठमाडौं मञ्चका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, लगायत एक सय भन्दा बढीको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्