१०८ गणेश पन्चायन मन्दिरमा नयाँ नेतृत्व



न्युज अफ नेपाल, अर्घाखाँची ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको १०८ गणेश पन्चायन मन्दिरमा नयाँ नेतृत्व चयन गरिएको छ । २८ वर्षपछि आज भएको भेलाले निर्माण व्यवसायी वसन्त भुसालको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समितिको गठन गरेको हो ।

धार्मिक अभियन्ता नारायण प्रसाद खनालको विशेष उपस्थितिमा सम्पन्न भएको भेलाले वरिष्ठ उपाध्यक्षमा यमराज पाण्डे, महिला उपाध्यक्षमा सुनिता श्रेष्ठ, सचिवमा हरि प्रसाद दमासे, कोषाध्यक्षमा लक्ष्मण पराजुली र सहसचिवमा सरिता अर्याललाई चयन गरेको हो ।

जसको सदस्यमा नोलराज भण्डारी, ठाकुर श्रेष्ठ, केशव रिजाल, इन्दिरा श्रेष्ठ, छमा कार्की, शम्भु केसी, दल बहादुर केसी, रामकुमार श्रेष्ठ, उमेश घिमिरे, मणिराम अर्याल, नारायण बहादुर खड्का र प्रेमनारायण पोखरेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्