भूमि आयोग बैतडीको अध्यक्षमा ऐर



न्युज अफ नेपाल, बैतडी ।

भूमि समस्या समाधान आयोग बैतडीको अध्यक्षमा धन बहादुर ऐर (कपिल) चयन भएकाछन् । उनलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्ष चयन गरेको हो । उक्त आयोगमा दुई जना सदस्य रहने व्यवस्था छ ।

आयोगले भूमि नभएका तथा सुकुम्वासी वर्गको नाममा जग्गा प्रदान गरी लालपुर्जा वितरणका लागि काम गर्नेछ । आफू नेतृत्वको आयोगले हरेक स्थानीय तहसँगको समन्वयमा काम गर्ने अध्यक्ष कपिलले बताए ।

यसअघि नेकपा एमाले नेतृत्वको सरकारका बेला भने भूमि समस्या समाधान आयोग बैतडीको अध्यक्षमा नरेश विक चयन भएका थिए । सरकार परिवर्तनसँगै अधिकांश राजनीतिक नियुक्तिहरू फेरबदल गर्ने सिलसिलामा वर्तमान सरकारले बैतडीको अध्यक्षमा ऐरलाई नियुक्त गरेको हो । अध्यक्ष ऐर नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुन् ।

 

प्रतिक्रिया दिनुहोस्