धनुषामा बालकको डुबेर मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

धनुषामा एक बालकको डुबेर ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका(११ स्थित लक्षमण अखडा बस्ने १२ वर्षीय कर्ण कुमार दासको अरगजा पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

दासलाई पोखरीमा डुबिरहेको देखेपछि स्थानीयवासीले उद्धार गरेका थिए । उद्दारलगत्तै प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदै गर्दा उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्