होन्डाको एक्सचेन्ज क्याम्प



काठमाडौं (नेस) ।

नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले काडमाडौं उपत्यकाको विभिन्न ठाउँहरूमा बाइक तथा स्कुटरहरूको एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।

यस एक्स्चेन्ज क्याम्पको अविधि भर ग्राहकहरूले कुनै पनि ब्रान्डको बाइक तथा स्कुटर एक्स्चेन्ज गरी होन्डाको बाइक वा स्कुटर चढ्न सक्नुहुने भएको छ । ग्राहकहरूले आफ्नो साधनको एक्स्चेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्यभन्दा ७ हजार अतिरिक्त एक्स्चेन्ज बोनससमेत प्राप्त गर्नुहुनेछ ।

यस एक्स्चेन्ज क्याम्प कति गते कुन ठाउँमा आयोजना हुन्छ भन्ने जानकारीहरू विस्तृत रूपमा बुझ्नको लागि होन्डाको फेसबुक पेज वा टोल फ्रि नम्बरमा कल गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्