राजाराम को वरपर निवास



निर्देशक नवल नेपालको निर्देशनमा कमेडी सिरियल राजाराम निवास निर्माण भएको छ। एमई टिभीको प्रस्तुतिमा रेस्क्यू क्रिएसनले निर्माण गरेको सिरियल लोकप्रिय हास्य अभिनेता राजाराम पौडेलको वरपर घुमेको छ।

सिरियलमा राजारामलाई सरकारी जागिरबाट अवकाशप्राप्त कर्मचारीको रूपमा प्रस्तुत गरिएको छ। सिरियलमा उनलाई लोभी पात्रको रूपमा प्रस्तुत गरिएको छ। ‘नेपालका ५० जिल्ला पुगेर कामको अनुभव सँगालिसकेका राजारामलाई त्यहाँको रहनसहन, रीतिरिवाज, बोलीचाली, भाषासंस्कृतिको ज्ञान छ’, निर्देशक नेपाल भन्छन्, ‘अवकाशप्राप्त जीवनलाई राजारामले कसरी सदुपयोग गरिरहेका छन् भन्ने कुरा यसमा देखाएका छौँ।’ सिरियलमा राजारामका साथमा विमला गिरी, निर्मल न्यौपाने, अर्चना खनाल, साहिना भट्टराई र खड्गबहादुर पुन मगर (खबपु) लगायतले अभिनय गरेका छन्।

समन अधिकारीको कथा तथा महेश दवाडी र दिनेश न्यौपानेको लेखन रहेको सिरियलमा अर्जुन पोखरेल र विनोद खम्बुको संगीत, विनोद भुजेलको पाश्र्व संगीत, मुक्त उदास र हरि उप्रेतीको गीत, मदन काश्यप घिमिरेको छायांकन र गौतम खड्काको सम्पादन रहेको छ। सिरियल आज (बिहीबार)देखि हरेक साँझ ६:३० र राति १० बजे कान्तिपुर टिभी तथा बेलुकी ८ बजे र राति १०:३० बजे एमई टिभीबाट प्रसारण निर्देशक नेपालले बताए।

प्रतिक्रिया दिनुहोस्