त्रिशूली दोभानमा ८ मेगावाटको जलविद्युत् आयोजना बन्ने



रसुवा (नेस) ।

गोसाईंकुण्ड गाउँपालिका– ५ र ६ मा पर्ने त्रिशूली दोभानमा ८ मेगावाट जलविद्युत् आयोजना बन्ने भएको छ । हाइड्रो कन्सर्न प्रालिले प्रस्तावक भई नेपाल इन्भाइरोमेन्ट एन्ड डेभलपमेन्ट कन्सल्टयान्ट प्रालिले वातावरणीय प्रभाव मूल्यांकनका लागि सर्भे गर्दा ८ मेगावाटको त्रिशूली खोला साना जलविद्युत् आयोजना बन्न लागेको सरोकारवाला निकायलाई जानकारी गराइएको छ ।

एक सय ४८ करोडको लगानीमा बन्न लागेको उक्त आयोजनाले लाङटाङ राष्ट्रिय निकुञ्जको ३ दशमलव ७ हेक्टर जमिन ओगट्ने भएकाले आयोजनाको ८ मेगावाट भए पनि सवै प्रक्रिया पूरा गरी हेडवर्क्स त्रिशूली खोलाको बायाँ किनारको युङलिङ गाउँमा र विद्युत्गृह त्रिशूली खोलाको बायाँ किनारामा प्रस्ताव गरिएको आयोजना प्रमुख हेमजंग गुरूङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्