भारतमा उत्कृष्ट भएको मोटरसाइकल नेपाली बजारमा



काठमाडौं, (नेस) ।

टीभीएस रेडर १२५ मोटरसाइकल नेपाली बजारमा आइपुगेको छ । यसलाई प्रतिष्ठित भारतीय अवार्ड इन्डियन मोटरसाइकल अफ दि इयर ‘आईएमओटीवाई’ उपाधिद्वारा सम्मानित गरिएको थियो ।

टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरूमा स्थिरताका लागि परिचित छ । कार्यक्रममा टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको थियो ।

अत्याधुनिक फिचर सुसज्जित टीभीएस रेडरले नेपालमा पनि उत्तिकै लोकप्रियता पाइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्