प्राकृतिक शुन्दरताले भरिएको बारेकोटका लोभलाग्दा दृश्यहरु (फोटो फिचर)



न्युज अफ नेपाल, जाजरकोट ।

बाढी पहिरोबाट छिया ,छिया भएको बारेकोट लयमा आएको छ । अहिले कृषकका खेतबारीमा गहुँबाली हुर्कदै गरेको छ । चारै तीर हिउँले मोडिएका सेताम्य हिमालहरु साँची बसेका छन् ।

यो जिल्लाको सबैभन्दा अग्लो डाँडा भैरीको लेख पर्दछ । यो लेखमा विभिन्न किसमका हिमाली मृगहरू र अमूल्य धातु पाइने गर्दछ। यो लेखबाट कैलाली, अछाम, सुर्खेत, देलेख, कालिकोट, जुम्ला, सल्यान, रोल्पा, डोल्पा तथा अन्य हिमालहरू पनि देख्न सकिन्छ ।

जाजरकोटको सबैभन्दा अग्लो पहाडको रूपमा ५४६० मि. उचाइ भएको हिउँचुली हिमाल हो ।जाजरकोट भेरी न.पा. मा पर्ने मछाइना भन्ने ठाउँबाट पुर्वमा बाग्लुङ्ग जिल्लाको धौलागिरी हिमाल प्रष्टै देख्न सकिन्छ ।

सेताम्य हिमालले बारेकोटको सुन्दरतालाई थप आहा बनाइदिएको छ । जाजरकोटबाट जुम्ला र डोल्पा जानका लागि प्रयोग गरिने रुट समेत यही रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्