फोर्स गुर्खा टेस्ट ड्राइभ क्याम्पियन सम्पन्न



काठमाडौं (नेस) ।

फोर्स गुर्खाको टेस्ट ड्राइभ क्याम्पियन पोखरामा सम्पन्न भएको छ । नेपालमा हिमालय अर्गनाइजेसनअन्तर्गत फोर्स मोटर्सको आधिकारिक आयातकर्ता तथा विक्रेता रहेको आयाम इन्टरकन्टिनेन्टलले पोखरा चाउथेमा टेस्ट ड्राइभ क्याम्पियन गरेको थियो ।

सो अवधिमा उत्साहजनक रूपमा ६७ जना सहभागी भई टेस्ट ड्राइभ गरेका थिए । अफरोड भेइकल भएकोले टेस्ट ड्राइभ क्याम्पियनलाई अझ प्रभावकारी बनाउनका लागि कम्पनीले अफरोड ड्राइभ ट्रयाकको समेत व्यवस्था गरेको थियो ।

टेस्ट ड्राइभ क्याम्पियनमा सहभागी ग्राहक महानुभवहरूको फोर्स गुर्खाप्रतिको आकर्शकता वृद्धि रहेको जानकारी गाएका छन् । यस टेस्ट ड्राइभ क्याम्पियनपश्चात् छिट्टै नेपालको काठमाडौं, चितवन, झापा, ईटहरीलगायत विभिन्न शहरमा टेस्ट ड्राइभ क्याम्पियन सञ्चालन गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्