पर्यटन प्रवर्द्धनका लागि रुस र इजरायलसँग सहकार्य गरिने



काठमाडौं ।

नेपालको पर्यटन प्रवर्द्धन तथा अन्य सहकार्यका विषयमा नेपाल पर्यटन बोर्ड तथा इजरायली र रुसी प्रतिनिधीबीच भेटवार्ता भएको छ। भेटका क्रममा दुवै देशबीच आपसी सहकार्यका बारेमा छलफल भएको थियो।

नेपाल र इजरायलबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालका लागि इजरायली दूतावासका डेपुटी चिफ अफ मिसन ताल स्वार्तमानबीच भेटवार्ता भएको थियो भने रुसी प्रतिनिधीसँग भेटवार्ता भएको थियो।

नेपाल पर्यटन बोर्डमा भएको भेटमा दुवै नेपाल र इजरायबीच लामो सम्बन्धदेखि सम्बन्ध रही आएको उल्लेख गर्दै दुवै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्न सकिने कुरामा जोड दिइएको थियो। भेटका क्रममा दुवै देशका कुटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यासहरु आदान प्रदानगर्न सकिने विषयमा भेटका अवसरमा छलफल भएको थियो।

सो अवसरमा बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले इजरायलबाट लामो समय देखि नेपालका विभिन्न क्षेत्रमा सहयोग प्रदान भईरहेको उल्लेख गर्दै पर्यटनका क्षेत्रमा समेत इजरायलसँग मिलेर काम गर्न सकिने बताउनु भयो।

उहाँले कोभिडको संक्रमण क्रमशः घट्दै गएकोले विस्तारै नेपालको पर्यटनले गतिलिने बताउँदै इजरायललाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्नसमेत आग्रह गर्नुभयो। नेपालका लागि इजरायली दूतावासका डेपुटी चिफ अफ मिसन ताल स्वार्तमानले नेपाल विश्वकै सुन्दर मुलुक भएको र यहाँ पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै नेपालको समग्र आर्थिक विकासमा इजरायल सधैं तयार रहेको बताउनुभयो। उहाँले पर्यटक खोज तथा उद्धारको क्षेत्रमा समेत इजरायको अभ्यास राम्रो रहेकोले त्यस क्षेत्रमाआपसि सहयोग र सहकार्य गर्न सकिने धारणा राख्नुभयो।

कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने, निमित्त निर्देशक लक्ष्मण गौतम लगायतले दुवै देशबीचको सांस्कृतिक तथा पर्यटकीय अनुभव आदान – प्रदान गर्न सके यसबाट दुवै देशले फाइदा लिन सक्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्