प्रदेशकै जलविद्युत् हव बन्दै रसुवा



रसुवा ।

वागमती प्रदेशको १३ वटा जिल्लामध्ये रसुवा जिल्ला जलविद्युत् उत्पादनको हव बन्दै छ । जिल्लामा रहेको पाँच वटा खोलामा करिब सात सय मेगावाट विद्युत् उत्पादन हुने भएपछि वागमती प्रदेशको विद्युतको मुख्य केन्द्र हव बन्ने अवस्थामा पुगेको हो ।

चिलिमे, मैलुङ, फलाखु, लामटाङ तथा भोटेकोशी र त्रिशूली नदीमा सञ्चालित १५ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेको छ । यी आयोजना सम्पन्न भएपछि सात सय मेगावाट विद्युत् उत्पादन हुनेछ । सबैभन्दा ठूलो दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली, १ सय २० मेगावाटको लामटाङ खोला, ४२ दशमलव ३ को सान्जेन जलविद्युत् आयोजना १ सय ११ को रसुवागढी जलविद्युत् आयोजाना निर्माणको अवस्थामा रहेको छ ।

१४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन १४ दशमलव ३ मेगावाटको अपर मैलुङ जलविद्युत् आयोजनाले ९० प्रतिशत भन्दामाथि काम पूरा गरिसकेका छन् । लामटाङ खोलाको २० मेगावाटको लाङटाङ जलविद्युत् आयोजना तथा मैलुङ खोलाको सानिमा हाइड्रोपावर निर्माणको चरणमा रहेका छन् । भने फलाखु खोलामा १३ दशमलव ७ र पाँच मेगावाटका दुईवटा जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा भइरहेका छन् ।

रसुवामा पाँच मेगावाटदेखि दुई सय १६ मेगावाटसम्मका आयोजना निर्माणाधीन अवस्थामा छन् । यसै आर्थिक वर्षमा चारवटा आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भइरहेको जानकारी सम्बन्धित आयोजनाहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्