फुलाराले ल्याए वासुदा



गीतकार तथा साहित्यकार भीष्मराज फुलाराको चौथो कृति वासुदा हालै राजधानीमा आयोजित एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि गीतकार तथा साहित्यकार डा. नवराज लम्साल, विशेष अतिथि एटर्नी एट ल, अधिवक्ता वासुदेव फुलारा, लेखक भीष्मराज फुलारालगायतले उपन्यास सार्वजनिक गरेका थिएभने उपप्रा. ज्ञाननिष्ठ ज्ञवालीले विमोचित पुस्तकको समीक्षात्मक टिप्पणी गरेका थिए।

एक संघर्षशील युवाको जीवनकथामा आधारित उपन्यासमा मूल पात्र वासुदामा एकैपटक देखिएका चुनौतीहरुको सामना गर्ने साहस भएका कारण जीवन सफल भएको कथा छ। वासुदाको संघर्षमा साथ दिने अन्य पात्रहरुलाई पनि महङ्कवपूर्ण रुपमा प्रस्तुत गरिएको छ। फुलारा लिटरेचर फाउन्डेसन नेपालद्वारा प्रकाशित दुई सय ४३ पुष्ठको उपन्यास बाक्लो गाताको पाँच सय ५० र साधारण गाताको तीन सय ५५ मूल्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्