प्रणय दिवस



  • सागर फुयाल

मानव उत्पत्तिभन्दा आदीम् छ प्रणय सम्बन्ध
बीस वासनाको विषय मात्र होइन प्रणय सम्बन्ध ॥

प्रणय जोगाउन, लडेकाहरूका बलिदान सम्झाउन
आउने पुस्ताहरूका लागि, महत्त्व फैलाई झन् दर्साउन,
हाँसो, आँसु, माया, भोक, अनि अनन्त बाँच्ने सम्बन्ध,
सुन्दर बनी, सुन्दर बनाऔँ यो प्रणय सम्बन्ध ॥

अरूको लागी मात्र होइन, आफैलाई प्रणय गर्न सिकौं
मेरो मुस्कान, हात, कपाल, आँखालु मेरो प्रणय
प्रकृतिका छटाहरू प्रणय सूत्रमा हैन नियममा बस्न
बाँचिराखोस्, फैलिराखोस् सुन्दर प्रणय दिवस ॥

प्रतिक्रिया दिनुहोस्