सुनको मुल्य तोलामा १ हजार रुपैयाँले बढ्यो



न्युज अफ नेपाल, काठमाडौं ।

सुनको मुल्य  बिहीबार प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मुल्य तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी,बिहीबार तेजावी सुनको मुल्य तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य पनि १० रुपैयाँले घटेको छ । बुधबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्