बाजुरामा बलियो हुँदै नेपाल पक्ष



दयाराम पण्डित, बाजुरा ।

पछिल्लो समयमा नेपाल कम्युुनिस्ट पार्टी एकीकृत समाजवादीले पार्टी संगठन विस्तारमा तीव्रता दिएको छ । जिल्लामा संगठन निर्माण तथा आगामी निर्वाचनलाई लक्षित गरी माधवकुमार नेपाल पक्षले जिल्लामा गतिविधि बढाएको हो ।

पार्टी आन्तरिक क्रियाकलापसँगै पार्टी सदस्यतामा पनि उल्लेख्य वृद्धि भएको नेकपा (एस) का जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला सहइन्चार्ज गगन रावलले बताउनुभयो । जिल्लाका नौवटै स्थानीय तहमा संगठन विस्तार गरिएको छ उहाँको भनाइ छ । संगठन विस्तारका क्रममा सबैभन्दा बढी नेकपा एमाले परित्याग गरी आउने धेरै रहेको सहइन्चार्ज रावले बताउनुहुन्छ । नौवटै पालिकाको संगठन विस्तारामा सबै भन्दा राम्रो प्रभाव स्वामीकार्तिक गाउँपािलका रहेको छ ।

स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीलगायत उपाध्यक्ष मिमा बुढा पनि नेकपा एसमै रहेकाले स्वभाविकरूपमा नेकपाको संगठन राम्रो हुँदै गएको दाबी नेकपा एसका कायकर्ताको छ । त्यसै गरी दोस्रोमा जगन्नाथ गाउँपालिका रहेको बताइएको छ । ‘त्रिबेणी नगरपालिकामा नेकपा एमालेभन्दा नेकपा (एस) नै अगाडि रहेको अध्यक्ष रावलको भनाइ छ । नेकपा एमालेको पकड मानिएको गैमुल गाउँपालिकाको अम्लिसमा पनि एमाले परित्याग गरी नेकपा (एस) मा प्रवेश गर्ने धेरै भएपछि एमाले किल्ला भत्केको जिल्ला कमिटी सचिव पुरबहादुर रावतले बताउनुभयो ।

सदरमुकाम बडीमालिका नगरपालिकाका पनि कम्तीमा दुई वडा आगामी स्थानीय निर्वाचनमा नेकपा उसले जित्ने दाबी उनीहरुको छ ।आगामी स्थानीय निर्वाचनमा नेकपा (एस) ले दुुईवटा पालिका तथा पालिकाका धेरै वडा नेकपा एसले जित्ने अध्यक्ष रावल बताउनुहुन्छ ।नेकपा (एस) जिल्ला कमिटिमा १ सय ४१ सदस्यीय गठन गरेको छ भने ३४ सदस्यीय सचिवालय बनाएको छ । १३ वटा विभाग गठन भएको छ भने नौवटै पालिकामा नगरकमिटि गठन गरी इन्चार्ज तोकिएको नेकपा (एस) का सूचना तथा अभिलेख विभाग प्रमुख दीर्घराज पाध्यायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्